नेकपाले कम्बल बितरण गर्यो



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिसोबाट पीडित गरिव, असहाय तथा जेष्ठ नागरिक परिवारलाई कम्बल बितरण गरेको छ ।

बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ बेलहिया, वडा नं. ५ प्रस्टोकामा आज कम्बल वितरण गरिएको हो ।

तराई मधेसमा बढदै गएको चिसोबाट बच्नका लागि राहत स्वरुप कम्बल बितरण गरिएको नेकपा नेता सन्तोष साहले बताए ।

नेकपा बाराको आयोजनामा ५० भन्दा बढी गरिव, असहाय तथा जेष्ठ नागरिकका परिवारलाई कम्बल वितरण गरिएको छ ।

सो अवसरमा नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ अनिल, सदस्य उमेश कुशवाहा, भागवती न्यौपाने, महेश विक, सन्तोष साह, प्रदिप साह, नरेश साह लगायतको बिशेष सहभागिता रहेको थियो ।

केही समय यता चिसो बढदै गएपछि गरिव, असहाय तथा जेष्ठ नागरिकहरुले बढी सास्ती खेप्नुपरेको छ । पीडित परिवारलाई राहत पुगोस भन्ने उदेश्यले नेकपाले कम्बल वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...