नेपालकै पहिलो संसद भवन विदेशी पाहुना गृहमा परिणत हुदै



हाम्रो इकोनोमि

 

 

संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्कने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।

सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै ४ वर्षदेखि रेट्रोफिटिङ गर्ने कि भत्काएर नयाँ बनाउने भन्नेमा देखिएको अन्योल हटेको छ । अन्योलताकै कारण सिंहदरबारभित्र रहेको सो भवन प्लाष्टिकले बारेर खण्डहर अवस्थामा रहेको थियो ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले प्राविधिकले भवन माटो र इट्टाले बनेकाले रेट्रोफिटिङ गर्नु  ठीक नहुने रिपोर्ट प्राविधिकहरुले दिएको समितिमा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...