किन दिल्ली उडे रामचन्द्र पौडेल ?



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध गुटबन्दी गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल अचानक भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

उपचार गराउने बहानामा नयाँदिल्ली गएका पौडेलको भ्रमणको उदेश्यका विषयमा केही भनिएको छैन । पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले रक्तचापमा समस्या भएपछि उपचार गराउन नयाँदिल्ली गएको बताए ।

उनले भारतीय नेताहरूसँग वरिष्ठ नेता पौडेलको भेटवार्तालाई अस्वीकार गर्न भने सकेनन् । नेता पाैडेल साेमबार नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

सभापति देउवाविरुद्ध असन्तुष्ट नेताहरूलाई एकै ठाउँमा ल्याएर गुटको भेला र बैठक गर्दै आएका नेता पौडेल अचानक नयाँदिल्ली जानुको विषयलाई धेरैले बुझेका छैनन् ।

नेपालमा पनि हरेक रोगको उपचार सम्भव छ । उचार नै गराउन भारत जानुपर्ने हुँदैन । कांग्रेसभित्र घरझगडा भएका बेला पौडेल नयाँदिल्ली जानुका विषयमा नेताहरूनै अचम्ममा परेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाविधेशनको माग गर्दै आएका पौडेलले महाधिवेशनको कार्यतालिका आउँदा पनि सन्तोष मानेका छैनन् । उनले केन्द्रीय कार्यसमितिको बैठक समेत बहिस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आगजनी भएको बसका चालकको मृत्यु

    त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...

एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...