झन्डा हल्लाउन र गाडी चढ्न मात्र मुख्यमन्त्री र मन्त्री बनेको हो : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

तपाईंहरूलाई लाज लाग्दैन? झन्डा हल्लाउन र गाडी चढ्न मुख्यमन्त्री र मन्त्री बनेको हो ? सडकको अवस्था हेरे हुन्छ, कन्तबिजोग छ । विकासमा ध्यान छैन, बजेटजति सबै फ्रिज, कुरा मात्रै ठूला ।’

यो कुनै सर्वसाधारण नागरिकको गुनासो होइन । नेकपा कर्णाली प्रदेश कमिटी इन्चार्ज जनार्दन शर्माले सात महिनाअघि ठूलो आवाजमा पोखेको आक्रोश हो । कर्णाली प्रदेश सरकारले विकास निर्माण र भावी बजेटका विषयमा छलफल गर्न गत जेठ पहिलो साता संघीय सांसद, प्रदेश सांसद र पार्टीका केन्द्रीय सदस्यहरूलाई वीरेन्द्रनगर सुर्खेतमा जमघट गरायो । छलफल चलिरहेका बेला इन्चार्ज शर्मा हलभित्र छिरे । उनले बोल्न समय मागे । समय पाउनासाथ उनले प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्रीको शिर निहुरिनेगरी आलोचना गरे ।

उनले लगातार प्रहार गरिरहे– ‘प्रदेश राजधानी सुर्खेतका सडकहरू देख्नुभएको छैन ? कुन हालतमा छन् ? विकासका ठूला–ठूला योजना बनाउने तर कार्यान्वयन गर्न नसक्ने ? कामगर्न नसक्ने हो भने सामूहिक राजीनामा दिनुहोस् ।’

करिब २५ मिनेटसम्म उनले लगातार मुख्यमन्त्री र मन्त्रीलाई झपारिरहे । सांसद र पार्टीका केन्द्रीय सदस्यले चुपचाप सुनिरहे । एक जना सांसदले मात्र ताली बजाए, अन्यले एकअर्काको मुहार हेरे तर प्रतिक्रिया जनाएनन् । शर्माले लगातार हप्काउने शैलीमा आक्रोश पोखेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अर्थमन्त्री प्रकाश ज्वाला र अन्य मन्त्रीपनि मौन बसे । आफू बोलेपछि शर्मा अरूको कुरा नै नसुनी हलबाट बाहिरिए ।

त्यसलगत्तै अर्का एक सांसदले बोल्न हात उठाएका थिए । मुख्यमन्त्री शाहीले भनिहाले, ‘तपार्इं पनि गाली त गर्ने होलानि ?गर्नुहोस् ।’

कर्णाली प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममा आकर्षक र महत्वाकांक्षी योजना ल्याएको थियो । प्रदेश ५ बर्दियाको भुरीगाउँबाट सुर्खेतको वीरेन्द्रनगरसम्म सुरुङमार्ग खोल्ने, कोहलपुर–हिल्सा सडक निर्माण गर्ने, भेरी र कर्णालीकरिडोर निर्माण गर्ने, अग्र्यानिक खेतीजस्ता महत्वपूर्ण योजना थिए । तर,प्रदेश सरकारको आधा कार्यकाल सकिँदा एउटा पनि योजनाले गन्तव्य पहिल्याउन सकेको छैन ।

नीति र योजना ल्याएपनि कार्यान्वयन गर्न नसक्नु मुख्य समस्या देखिएको छ । सरकारले ल्याएका योजना कार्यान्वयमा न सत्तारुढ दलका नेता, सांसदले चासो दिएका छन् नत मन्त्रीहरू नै यस विषयमा जवाफदेही बनेका छन् ।

सरकार र सांसद मात्र होइन, कर्णाली प्रदेश योजना आयोगपनि यस विषयमा बोल्न चाहँदैन । ‘हामीले सरकार र लाइन मिनिस्ट्रीहरूलाई सुझाव दिएका छौं, तपाईंले त्यहीं सोध्नुहोस्’,आयोग सदस्य दीपेन्द्र रोकायले भने ।

बायाँतर्फका को थिए ‘त्यो भाइ’ ?

प्रदेश इन्चार्ज शर्माले झाँको झारेपछि साँझ कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा दिउँसो भएको छलफलको विषय पनि एजेन्डा थियो । त्यही क्रममा तत्कालीन मन्त्री खड्ग खत्रीले दिउँसो भएको कुरा सम्झिँदै भने, ‘बायाँतिर बसेको त्यो भाइले भनेको कुरा राम्रो र सत्य थियो । उनले दिएका सुझाव राम्रा थिए ।’

खत्रीको कुरा सुनेपछि मुख्यमन्त्री र मन्त्रीहरू अलमलमा परे । दायाँतिरको त्यो भाइको हो ? पछि बल्ल कुरा खुल्यो । त्यो भाइथिए– नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजाल । आफ्नै पार्टीका केन्द्रीय सदस्यसम्म चिन्न नसक्ने व्यक्ति कर्णाली प्रदेश सरकारका मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...