शिवमायाको कारण सभामुख कांग्रेसले पाउने भयो, नेकपामा खैलाबैला



हाम्रो इकोनोमि

 

आफ्नो नाममा सहमति नभए सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारीमा तुम्बाहाम्फे छिन् । यसो गर्दा संविधानले तय गरेको सभामुख एउटा र उपसभामुख अर्को दलबाट हुनुपर्छ भन्ने व्यवस्थाअनुसार नेकपाले उम्मेदवारी दिन पाउने छैन ।

उपसभामुख नेकपाबाटै तुम्बाहाम्फे कायम छिन् । उनको राजीनामा बिना सभामुखमा नेकपाको दाबी रहन सक्तैन । यदि यहि अवस्था रहने हो भने शिवमायाको कारण सभामुख कांग्रेसले पाउने भएको छ । यो बिषयले अहिले नेकपामा खैलाबैला मच्चेको छ ।

तिनिधि सभाको सभामुख पदमा उपसभामुख शिवमाया तुम्बाहाम्फेको विकल्पमा नेकपाले उम्मेदवार तय गरे उक्त पद अर्कै दलले पाउन सक्ने खतरा बढेको छ ।

आइतबार बालुवाटारमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसहितको बैठकमा उपसभामुख तुम्बाहाम्फे पनि पुगेकी थिइन् ।

उनलाई नेकपा सचिवालयले राजीनामा दिनका लागि गरेको निर्णयबारे सुनाइयो र सभामुख पद नेकपाले पाउने शर्तका आधारमा यसो गरिएको सुनाइयो ।

तर तुम्बाहाम्फेले सोधिन्,‘सभामुखमा मेरो नाममा लिखित सहमति गर्नुभयो ?’

महासचिव पौडेले त्यसो हुन सकेको छैन भनेपछि तुम्बाहाम्फेको जवाफ थियो,‘राजीनामा दिन्न, बरु सभामुखको निर्वाचन कार्यतालिकामा प्रवेश गर्छु ।’

तर अध्यक्षद्वयले एउटा विकल्प निकाल्ने भन्दै आइतबारको बैठक स्थगित गर्न अनुरोध गरेपछि तुम्बाहाम्फेले सूचना टाँस गरी ६ माघसम्मका लागि बैठक स्थगित गरेकी छन् ।

यता उपसभामुखले अड्डी कसे नेतृत्वले उनलाई सांसद पदबाट नै फिर्ता बोलाउन सक्ने बहस छेडिएको छ । नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले समानुपातिक सांसद भएका कारण तुम्बाहाम्फेलाई पार्टीले फिर्ता बोलाउन सक्ने धारणा अघि सारेपछि सभामुखसम्बन्धी विवादको विषयमा बहसको नयाँ डिस्कोर्स सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने आइतबारको बैठक नेकपाको आन्तरिक खिचातानीका कारण स्थगित भएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी उसले दलगत अनिर्णयको बन्दी प्रतिनिधि सभा बैठकलाई बनाउनु आपत्तिजनक रहेको जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...