डा. शिवमाया तुम्बाहाङफेको सांसद पद नै धरापमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् युवा नेता विष्णु रिजालले डा.शिवमाया तुम्बाहाङफेले उपसभामुख पदबाट आइतबार राजीनामा दिने बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेकपाका केन्द्रीय सदस्य रिजालले डा.तुम्बाहाङफेलाई पार्टीले उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिने बताए ।

डा.तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा नदिए सांसद पदबाटै हटाउने चेतावनी केन्द्रीय सदस्य रिजालले दिएका छन् ।

‘धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङफेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ’, नेकपाका केन्द्रीय सदस्य रिजालले भनेका छन् ।

‘किन्तु, परन्तु, भन्ने कुरै भएन । समानपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ, कानूनी रूपमै’, उनले भनेका छन् ।

उपसभामुख पदबाट राजीनामा दिन दिन अस्वीकार गरेकी डा.तुम्बाहाङफेले महाभियोग लगाउन नेकपालाई चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...