डा. शिवमाया तुम्बाहाङफेको सांसद पद नै धरापमा



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् युवा नेता विष्णु रिजालले डा.शिवमाया तुम्बाहाङफेले उपसभामुख पदबाट आइतबार राजीनामा दिने बताएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेकपाका केन्द्रीय सदस्य रिजालले डा.तुम्बाहाङफेलाई पार्टीले उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिने बताए ।

डा.तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा नदिए सांसद पदबाटै हटाउने चेतावनी केन्द्रीय सदस्य रिजालले दिएका छन् ।

‘धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङफेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ’, नेकपाका केन्द्रीय सदस्य रिजालले भनेका छन् ।

‘किन्तु, परन्तु, भन्ने कुरै भएन । समानपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ, कानूनी रूपमै’, उनले भनेका छन् ।

उपसभामुख पदबाट राजीनामा दिन दिन अस्वीकार गरेकी डा.तुम्बाहाङफेले महाभियोग लगाउन नेकपालाई चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...