कमल थापाले प्रधानमन्त्री ओलीलाई लेखे यस्तो गोप्य चिठ्ठि
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सवै राजनीतिक दलका प्रमुख नेताहरुलाई निम्तो पठाएका छ । पार्टी अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको निम्तो पत्र प्रधानमन्त्री, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, कुटनीतिक नियोगका प्रमुख, संबैधानिक निकायका प्रमुखलाई पठाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
नेपाल राष्ट्र निर्माणकर्ता पृथ्वीनारायण शाहको जयन्तीमा सार्वजनिक विदा दिने चलन गणतन्त्र आएदेखि छैन । केही राजनीतिक दलका नेताहरुले पृथ्वीनारायण शाहको आलोचना समेत गर्ने गरेका छन् । तर कमल थापा नेतृत्वको राप्रपाले भने स्थापनाकाल देखि नै पृथ्वी जयन्ती मनाउँदै आएका छ । पृथ्वी जयन्तीमा थापाले प्रधानमन्त्री ओलीलाई भेटेर निम्तो दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पाटी केन्द्रीय पदाधिकारी बैठकले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, नेपाली नोटमा पृथ्वीनारायणको तस्विर राख्ने पर्ने माग सरकारसँग गरेको छ । तर सरकारका रहेका दल र प्रधानमन्त्रीले भने यी दुवै मागमा हालसम्म कुनै सुनुवाई गरेका छैनन् ।
पृथ्वीनारायण शाहको तस्विर नेपाली नोटमा राख्दा एकताको प्रतिक सधै झल्किने दावी राप्रपा अध्यक्ष कमल थापाले गर्दै आएका छन् । पृथ्वी जयन्तीमा पूर्वराजपरिवारले बिज्ञप्ती जारी गर्ने गरेपनि कुनै सार्वजकिक कार्यक्रममा भने हालसम्म सहभागी भएको छैन । तर कमल थापा नेतृत्वको राप्रपाले भने सधै कार्यक्रम गर्ने गरेको छ । अघिल्लो बर्ष सवै राजनीतिक दलका नेताहरु कार्यक्रममा पुगेका थिए ।
वर्तमान गणतन्त्रवादी नेताहरुले राष्ट्र एकिकरण मान्छन् तर राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई भने मान्दैनन् । पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्न कठिन मान्छन् । तर पृथ्वीनारायण शाह नभएको भए नेपाल एकीकरण नहुँने तथ्यमा भने उनीहरु बहस गर्न चाहदैनन् ।


