अध्यक्ष प्रचण्डले भने विप्लव पनि नेकपामा आउनुहुन्छ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूह एकदिन आफ्नो बाटो पहिल्याएर फर्केर आउने बताएका छन् ।

शनिबार काठमाडौमा विप्लब समूहका पोलिट्व्युरो सदस्य मोहन कार्की र ताम्सालिङ् इन्चार्ज सीता कार्कीलाई नेकपामा प्रवेश गराउँदै उनले मूल पार्टीमा समाहित हुन आग्रहसमेत गरेका छन् ।

विप्लवको अहिलेको बाटो गलत भएको भन्दै प्रचण्डले ठूलो क्षति हुनु अगावै सोचेर उचित कदम चाल्नुपर्ने बतााए । समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको भन्दै समाजवादको कार्यदिशामा केन्द्रीत हुनका लागि पनि उनले आग्रह गरे । अध्यक्ष दाहालले कम्युनिष्ट एकता भएपछि मात्रै मुलुकमा समृद्धि आउने बताए ।

कम्युनिष्ट पार्टीको एकताबाट राजनीतिक स्थायीत्व भएपनि जनचाहना अनुसारको काम गर्न नसकिएको उनको भनाइ थियो । जनयुद्ध र शान्तिप्रक्रियापछि विभाजित भएकाहरूलाई पुनः पार्टीका आउन आग्रहसमेत गरे।

‘भोलिका दिनमा नेत्रविक्रम चन्द विप्लव पनि आउनुहुन्छ भन्ने लाग्छ। अहिले जो चुलो चौको राखेर बसेको छन् पछि जोडिन अवश्य आउँछन्’ उनले भने।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...