प्रधानमन्त्री ओलीले भने वामदेवजी सांसद बन्ने भए अर्को चुनाव पर्खिनु, राष्ट्रियसभामा पनि हुदैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भैसेपाटीको प्यानल बैठकलाई लिएर असन्तुष्टी जनाएका छन् । बुधवार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित आधा दर्जन नेताहरु नेता वामदेव गौतम निवास भैसेपाटीमा जमघट भएका थिए ।

भैसेपाटी जमघटले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजेको थियो । नेता वामदेव गौतमलाई मनोनित राष्टियसभा सदस्य बनाउने र संविधान संशोधन गरी प्रधानमन्त्री बन्ने बाटो खोल्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई लिएर प्रधानमन्त्री ओलीले असन्तुष्टी जनाएका छन् ।

‘तपाईहरुले जुन छलफल भैसेपाटीमा गर्नुभयो, त्यही छलफल मेरो अगाडी बालुवाटारमा गरेको भएपनि हुन्थ्यो । तर मेरो विकल्प खोज्ने गरी प्यानल बैठक गर्नु न पार्टीको हितमा छ नत देशको हितमा छ’ , विहीबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले भने ‘वामदेवजी अब राष्टियसभा सदस्य बन्ने समय सकियो, सांसद नै बन्ने भए अर्काे चुनाव कुर्नुपर्यो ।’

बालुवाटार स्रोतकाअनुसार प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रधानमन्त्री ओलीले संविधान संशोधन र गौतमलाई राष्टियसभाको सदस्य बनाउन नसकिने स्पष्ट संकेत गरेका छन् । अर्का अध्यक्ष दाहाल, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावल सहभागी बैठकले गौतमलाई राष्टियसभामा राष्टपतिबाट मनोनित गराउन दवाव दिने निर्णय गरेका थिए ।

उनीहरुले राष्टियसभाबाट प्रधानमन्त्री बन्नेगरी संविधान संशोधनका लागि प्रधानमन्त्री ओलीलाई दवाव दिने निर्णय पनि गरेका थिए ।
तर प्रधानमन्त्री ओलीको भनाईलाई प्रवक्ता श्रेष्ठले स्पष्ट पार्ने कोशिस गरेको थिए । ‘बाहिर मिडियामा आएजस्तो त्यहाँ कुनै निर्णय वा प्यानल बैठक भएको होइन । सभामुखका बिषय केही छलफल भयो । सरकार र पार्टीलाई कसरी क्रियासिल बनाउने भन्ने बिषयमा छलफल भयो । जुनकुरा प्रचण्ड कमरेडले तपाईलाई बताइसक्नु भएको छ,’  श्रेष्ठले भने ।

 

नेकपाभित्र प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने गरी कोही पनि नेताहरु अघि सरेका छैनन् । प्रचण्ड कार्यकारी अध्यक्ष बनेपछि प्रधानमन्त्रीको आलोपालो रटान छोडिसकेका छन् । यस्तो बेला गौतमलाई भावी प्रधानमन्त्रीका लागि भैसेपार्टी बैठकले तयारी गराएको बुझाई ओली पक्षमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...