काठमाडौंमा जाली नोटको धन्दा, ४ लाख १३ सहित गिरोह नै पक्राउ



हाम्रो इकोनोमि

 

जाली नोट बनाउनेदेखि बजारमा पुर्याउने गिरोह फन्दामा परेको छ । सल्यान शारदा नगरपालिका–७ का २९ वर्षीय कमल बुढाथोकी भनिने कोवीराम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका–१३ का ३२ वर्षीय बलबहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका–३ का २४ वर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपाटी गाउँपालिका–का ३६ वर्षीय छत्रबहादुर लिम्बूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनीहरूको साथबाट १ हजार दरका ४ लाख १३ हजार नक्कली नोट बरामद गरेको छ । केही महिनादेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खोटा (नक्कली) मुद्रा देखाई ठगी गर्ने गरेको सूचना आएपछि ब्युरोबाट टोली खटिएको थियो । टोलीले बुधबार गोंगबुबाट नियन्त्रणमा लिई मुद्रासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्युरो प्रवक्ता वेलबहादुर पाण्डेले बताए । उनका अनुसार माछापोखरीमा बस्ने बुढाथोकी जाली नोट बजारमा लैजाने मुख्य व्यक्ति, मगर जाली नोट बनाउने मुख्य व्यक्ति, कपुरधारा बस्ने खड्का मुख्य डिजाइनर र नयाँ बसपार्क बस्ने लिम्बू जाली नोट बजारमा लैजाने सहयोगी हुन् ।

मुलुकी अपराध संहिताअनुसार मुद्रासम्बन्धी कसुर गर्ने वा गराउने व्यक्तिलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुन्छ । कसुर गर्न प्रयोग भएको मुद्रा, औजार, उपकरण वा यन्त्र र त्यससँग सम्बन्धित सामग्री जफत हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...