देउवाले जिल्ला सभापतिहरुलाई भने हारेकाहरुले भेला गरे के हुन्छ ?



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने बताएका छन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुले बिहीबार सभापति देउवालाई भेटेका थिए । आफ्नै निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसम्म लगातार छलफल गर्दा पनि सहमति हुन नसकेपछि अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर ११ पुसको निर्णय गरेको उनले बताए । तर आफू अहिले पनि सम्वाद गर्न र सहमतिका आधारमा अघि बढ्न तयार रहेको बताएको काभ्रे सभापति मधु अचार्यले बताए ।

तर देउवाले महाधिवेशनको मिति २०७७ फागुन ७ भने परिर्वतन नहुने प्रष्ट पारेका छन् । त्यो मिति कायम राखेर अरु कार्यतालिका मिलाउन र क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउन तयार रहेको उनले बताएका छन् ।

हारेकाहरुले भेला गरे के हुन्छ ?

सभापति देउवाले जिल्ला सभापतिहरुलाई तपाई‌ंहरुसँग चुनाव हारेकाहरुले भेला गरे के हुन्छ भन्ने प्रश्नसमेत गरेका छन् । पार्टीमा विधि, पद्धतिलाई पनि ख्याल गर्नुपर्ने भन्दै उनले एक पक्षीय सभापतिहरुले भेला गरेकोमा असन्तुष्टि जनाएका हुन् । जवाफमा सभापतिहरुले भने पार्टीप्रति चासो र चिन्ता लागेर आफूहरु काठमाडौं आएको र सभापति पनि बोलाउन सक्ने बताएका छन् ।

 

भेटमा उपसभापति विमलेन्द्र निधिले पौडेल समूहसँग भएको सहमति प्रयासबारे जानकारी गराएका थिए भने महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनबारे बोलेका थिए । उपसभापति विजयकुमार गच्छदारले भने जिल्ला सभापतिहरुको जायज मागलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...