बामदेवलाई प्रधानमन्त्री बनाउन प्रचण्ड र नेपालबीच गोप्य सहमति



हाम्रो इकोनोमि

 

बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रचण्ड र माधव नेपालबीच गोप्य सहमती भएको छ । बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेवार बन्न अस्वीकार गरेपछि राष्टपतिको कोटाबाट राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउने सहमति भएको स्रोतको दाबी छ । राष्ट्रियसभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने मुद्दाले भने नेकपाभित्र बहस सुरु गरेको छ ।

बुधबार यही मुद्दामा भैंसेपाटीस्थित गौतमकै निवासमा नेकपा नेताहरुबीच छलफल भएको छ । स्रोतकाअनुसार यो छलफलका लागि गौतमसँगै वरिष्ठ नेता माधवकुमार नेपालले पहल गरेका थिए । गौतमले भेटेर आफ्नो मुद्दामा सहमत गराएपछि नेता नेपालले नै अरु नेताहरुलाई छलफलका लागि भैंसेपाटी बोलाएका थिए ।

छलफलमा गौतम र नेपालसँगै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)लगायत सहभागी भएका थिए ।

नेताहरुले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने व्यवस्था गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री केपी शर्मा ओली पनि नीतिगत रुपमा सहमत भएको बताएका छन् । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री छाड्ने/नछाड्ने भोलिको विषय हो, तर राष्ट्रियसभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्नु नीतिगत रुपमा सही छ भनेर प्रचण्डसँगै नेता नेपाल र गौतमले भन्नुभयो’, एक नेता भन्छन् ।

यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पनि नीतिगत रुपमा सहमत भएकाले संविधान संशोधनका लागि उनैसँग थप कुरा गर्ने नेताहरुबीच सहमति भएको छ ।

 

गौतमले नै बिगारे

तर बैठकमा नेताहरुले नीतिगत रुपमा सही मुद्दा भए पनि नेता गौतमले नै विगारेको भन्दै आक्रोशसमेत पोखेका छन् । पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न प्रस्ताव गर्दा गौतमले आफू प्रधानमन्त्री हुन सांसदमा जान चाहेको तर संविधानले राष्ट्रियसभा सदस्यलाई सरकारको नेतृत्व गर्न रोक लगाएको भन्दै अस्वीकार गरेका थिए ।

अब राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्दा गौतमकै लागि संविधान संशोधन गरेको सन्देश जाने भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...