प्रदेश ३ को नाम र राजधानीमा ह्वीप लगाउने नेकपाको तयारी



हाम्रो इकोनोमि

 

प्रदेश ३ को नाम र राजधानीका लागि नेकपा सचिवालयले निर्देशन दिए अनुसार प्रदेश सांसदहरुलाई ह्वीप लाग्ने भएको छ।गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो।

सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीका पदाधीकारी तथा प्रदेश सांसद रहेका पार्टीका केन्द्रीय नेताहरुलाई बालुवाटार बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

दुई अध्यक्षसँगको भेटमा प्रदेश कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी निर्णय व्यवहारिक नभएको बताएका थिए। अध्यक्षहरुले भने पार्टी निर्णयमा तलमाथि नहुने स्पष्ट पारेका थिए।

प्रदेश सांसद समेत रहेका नेकपा नेता पशुपति चौलागाईंले पार्टी निर्णय व्यवहारिक नभएपनि पार्टीको निर्णय अनुसार नै प्रदेशको नाम र राजधानी कायम हुने बताए।

‘स्वभाविक रुपमा पार्टीभित्र बहस र छलफल भयो। सांसदहरुले पनि यो निर्णयको विरोध गरेका छन्। हामीले आफ्ना असहमतीहरु पनि दर्ज गरेका छौ। नेताहरुलाई हामीले हाम्रा कुरा भन्यौं।’ चौलागाईंले भने,’अब प्रदेशको नाम र राजधानीका लागि पार्टी निर्णय कार्यान्वयन गराउन ह्वीप जारी हुन्छ।’

नेकपाका अधिकांश प्रदेश सांसदहरुले पार्टी निर्णयको विरोध गरेका छन्। उनीहरुले पार्टी निर्णय संविधान विपरित र अव्यवहारिक रहेको समेत बताएका छन्।प्रदेशको नाम र राजधानीबारे अन्तिम निर्णय गर्न बिहीबार बिहान ८ बजे नेकपाले प्रदेश ३ को संसदीय दलको बैठक बोलाएको छ।

धेरै सांसदको असहमति रहेकाले संसदीय दलले यसबारेमा विचार गर्नेमा आफु विश्वस्त रहेको प्रदेश सांसद लक्ष्मण लम्सालले  बताए।प्रदेश सरकारले यही हप्ता प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव संसदमा लैजाने तयारी गरेको छ।प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ। जसमध्ये ८० जना नेकपाका सांसद छन्। २ तिहाई पुग्न ७४ जना सांसद चाहिन्छ। मानबहादुर तामाङ

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...