प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड सहित बामदेवको घरमा ६ नेताको गोप्य बैठक



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेकपाभित्र सभामुख चयन र एमसीसीको बिषय पेचिलो बनिरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीइतरका नेताहरुले छुट्टै परामर्स गरेका छन् ।

प्रस्तावित उपाध्यक्ष बामदेव गौतम निवास भैसेपाटीमा नेकपाका प्रभावशाली नेताहरुको छुट्टै बैठक बसेको छ । बुधवार सभामुख र एमसीसीको बिषयमा छलफल गर्न बैठक बसेको निकट स्रोतले बताएको छ ।

गौतम निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल जम्मा भएका थिए । बैठकमा एमसीसी र सभामुखका बिषयमा अध्यक्ष दाहालले अन्य नेताहरुलाई ब्रिफिड गरेको स्रोतले बताएको छ ।

बैठकमा सभामुखको बिषय पेचिलो बनेको अध्यक्ष दाहालले बताएका थिए । ‘म र प्रधानमन्त्रीबीच लामो समयदेखि कुरा चलिरहेको छ, तर उहाँ सुवास नेम्वाडभन्दा दायाँबाँया गर्ने पक्षमा हुनुहुन्न’, बैठकमा दाहालले भने ‘पार्टी एकताका बेला प्रधानमन्त्रीसँग सभामुख साटिएको हो, सुवास नेम्वाड नै हुनुपर्छ भनेर अडान नलिनुहोस् भन्दा उहाँले मान्नु भएको छैन ।’

दाहालले सभामुख जसरी पनि पूर्वएमालेले लिने भए प्रधानमन्त्री छोड्न ओलीलाई आफुले प्रस्ताव गरेको पनि बैठकमा सुनाए । ‘तपाई पार्टीको कार्यकारी अध्यक्ष बन्नुहोस्, म प्रधानमन्त्री बन्छु, त्यसो गर्दा सभामुख तपाईले चयन गरेको ब्यक्ति बनाऔ भन्ने प्रस्ताव पनि गरेको छु’ , बैठकमा दाहालले भने ।

गौतम निवासमा पार्टी महासचिव बिष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई पनि बोलाइएको थियो । तर उनीहरु बैठकमा सहभागी भएनन् । सचिवालयका अर्का सदस्य रामबहादुर थापा बादल भने विदेश भ्रमणमा छन् ।

गौतम निवासको बैठक सकेपछि अध्यक्ष दाहाल सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले बैठकमा भएका कुराहरु सुनाएका थिए । गौतम निवासको बैठक प्रधानमन्त्रीको अनुमतिमै गरिएको दाहाल निकट स्रोतले बताएको छ। मानबहादुर तामाङ

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...