चिकित्सा शिक्षा आयोगका श्रीकृष्ण गिरीले २० करोड घुस मागे– दुर्गा प्रसाई



हाम्रो इकोनोमि

 

बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन आफुसँग २० करोड घुस मागिएको बताएका छन् । चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले होटल द्वारिकामा आफुसँग २० करोड पैसा मागेको बताए ।

बिएण्डसीलाई सम्बन्धन माग्दै प्रसाई १५ मंसिरमा चिकित्सा शिक्षा आयोगमा पुगेका थिए । दिनभर बस्दा पनि आफ्नो निवेदनमा अगाडी नबढेपछि साँझ गिरीले आफुलाई होटलमा बोलाएको उनले दावी गरेका छन् । बुधवार काठमाडौंको बानेश्वरमा पत्रकार सम्मेलन गरी प्रसाईले यस्तो बयान दिएका हुन् ।

‘उपाध्यक्ष गिरीले होटल द्वारीका बोलाएपछि म गएँ, उनले भने ‘२०–५० लाख या एक करोडसम्म त ठिकै थियो तर २० करोड मागियो, मैले दिन सक्दिँन भनेर फकिएँ ।’ प्रसाई मेडिकल सञ्चालकमा चर्चित ब्यक्ति हुन् । नेकपामा दुई अध्यक्षलाई भक्तपुरको आफ्नो निवासमा बोलाएर मार्सी धानको भात खुवाएपछि निकै चर्चामा आएका थिए । ‘मेडिकल माफियाको घरमा मार्सीधानको भात’ भन्दै नेकपाका दुई अध्यक्षको अहिलेसम्म आलोचना भइरहेको छ ।

गिरीले मागेको २० करोड रकम नदिएपछि आफ्नो मेडिकल सम्बन्धनको निवेदन दर्ता नै नभएको उनले जिकिर गरेका छन् । झापामा सञ्चालित बिएण्डसी मेडिकल कलेज अनुमति विना नै चलेको छ ।

गिरीले घुस माग्दा नेता र मन्त्रीको नाम पनि लिएको उनले बताए । ‘यो रकम मैले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठलाई पनि बुझाउनु पर्छ । एक करोडसम्म भएको भए कुरा अर्कै थियो। यत्रो रकम म दिन सक्दिनँ भने’ उनले पत्रकार सम्मेलनमा भने ‘मैले रकम दिन नसकेपछि कलेजको सम्बन्धन रोकिएको हो। रकम नपाएकै निहुँमा गिरीले बी एण्ड सीको सम्बन्धन रोके।’

प्रसाईं नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट मेडिकल व्यवसायी हुन्। गिरी पनि नेकपानिकट नै मानिन्छन्। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलनिकट गिरीलाई सरकारले आयोग उपाध्यक्ष नियुक्ति गरेको थियो।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...