लाख ऋण दिएर करोड असुल्ने मिटरब्याजीलाई चिनौँ



 

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा मधेस क्षेत्रका मिटरब्याजी रामबाबु यादव पक्राउ परेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा यादवलाई प्रहरीले पक्राउ गरेको हो । सर्लाहीका किसानहरुलाई लाख रुपैया ब्याजमा लिएर उनले करोड उठाउने गरेका थिए । कतिपय किसानको रकम र जग्गा जमिन हड्पेको आरोप लागेपछि नेकपाका शीर्ष नेताहरुले नै यादवलाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई बुधवार पक्राउ गरेको छ । ‘यादवलाई पक्राउ गरी प्रारम्भीक अनुसन्धान थालेका छौ’ नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले भने । यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुरबाट लाख ऋण दिएर करोड असुलेको आरोप लागेको छ । यादवले घर खेल नै खाइदिएपछि पीडितहरु न्याय माग्दै काठमाडौं आइपुगेका छन् ।

काठमाडौं आएका पीडितहरुले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । नेपालले पीडित लगेर सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । अध्यक्ष दाहालले गृहमन्त्री थापालाई त्यहीबाट टेलिफोन गरी यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
यादव गत स्थानीय निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका प्रत्यासी थिए । तर उनी तेस्रो स्थानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्