लाख ऋण दिएर करोड असुल्ने मिटरब्याजीलाई चिनौँ



हाम्रो इकोनोमि

 

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा मधेस क्षेत्रका मिटरब्याजी रामबाबु यादव पक्राउ परेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा यादवलाई प्रहरीले पक्राउ गरेको हो । सर्लाहीका किसानहरुलाई लाख रुपैया ब्याजमा लिएर उनले करोड उठाउने गरेका थिए । कतिपय किसानको रकम र जग्गा जमिन हड्पेको आरोप लागेपछि नेकपाका शीर्ष नेताहरुले नै यादवलाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई बुधवार पक्राउ गरेको छ । ‘यादवलाई पक्राउ गरी प्रारम्भीक अनुसन्धान थालेका छौ’ नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले भने । यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुरबाट लाख ऋण दिएर करोड असुलेको आरोप लागेको छ । यादवले घर खेल नै खाइदिएपछि पीडितहरु न्याय माग्दै काठमाडौं आइपुगेका छन् ।

काठमाडौं आएका पीडितहरुले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । नेपालले पीडित लगेर सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । अध्यक्ष दाहालले गृहमन्त्री थापालाई त्यहीबाट टेलिफोन गरी यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
यादव गत स्थानीय निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका प्रत्यासी थिए । तर उनी तेस्रो स्थानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...