धेरैजसो भ्रष्टाचारमा देउवा आफै संलग्न छन् – डा. शेखर कोइराला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरैजसो भ्रष्ट्राचारका काण्डमा शेरबहादुर देउवा आफै मुछिएकाले सरकारका गलत कामको पनि विरोध गर्न नसकेको बताएका छन् । धेरै ठाउँमा चुकेकै कारण देउवा आवाजविहीन बनेको, नैतिक बल गुमाइसकेको समेत उनको आरोप थियो ।

कोइरालाले सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउँन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापती बन्न देउवालाई आग्रह समेत गरेका छन् ।

कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको ईतिहाँसमा यस्तो कहिल्यै नभएको बताए । कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गूटको सभापती बनेकाले समस्या आएको बताए ।

उनले सभापतीकै कारण भात्रृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको बताए । उनले सभापती देउवाले नैतिक बल गुमाईसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउँन नसकेको बताए । कोइरालाले आफु पार्टी मजबुत बनाउँने अभियानमा लागेकाले कसैसँग आग्रह र पुर्वाग्रह नराखेको स्पष्ट पारे ।

४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिष्टहरुको उग्रराष्ट्रवादले मुलूकको राष्ट्रियता कमजोर बनेको बताए ।

उनले कांग्रेसलाई अती राष्ट्रबाद र उग्रराष्ट्रबाद स्विकार्य नहुने प्रष्ट पारे । ‘२०३३ सालमा बिपि कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कदा जस्तो अवस्था थियो अहिले पनी राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ ।

कोइरालाले भने, ‘त्यतीवेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले बिपिले राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्नुएको थियो । र प्रजातन्त्रको सवालमा जनतासँग छु भन्नुभयो । प्रजातन्त्रको सवालमा जिवन भर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन ।’ वर्तमान सरकारले ‘नियन्त्रित प्रजातन्त्र’ मार्फत मुलुकलाई एकदलिय व्यवस्थामा लैजान लागी परेको उनको आरोप थियो ।

यो सरकारले प्रतिपक्षलाई दबाउँने, कर्मचारीलाई समायोजनका नाममा तर्साउँने, अध्यादेश मार्फत नागरिक र प्रेसका संबैधानिक हक अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने, सुरक्षा अंगमाथी नियन्त्रण राख्ने जस्ता सर्बसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथी खत्तरा बढेको बताए ।

आफुले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउँदै डा कोइरालाले अराजकता, भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए ।

पछिल्ला दिनमा बढेको राष्ट्रपतीको सक्रियताप्रती आलोचना गर्दै कोइरालाले भने, ‘संबैधानिक राष्ट्रपतीले पदिय मर्यादा र गरिमा भुलेर दलिय कार्यकर्ताले जस्तो सक्रिय भुमिका देखाउँन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना गरेको छ ।’

सरकारले यति होल्डिङ्स लगायत केही सिमित ब्यावसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतीमाथी अतिक्रमण गरिरहेको आरोप कोइरालाले लगाए ।कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बिधान मिचेर जथाभावी गर्न सभापतीलाई छुट नभएको बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...