कान्छी च्याप्दै कमरेडहरू कुलेलम



हाम्रो इकोनोमि

 

दुनियाँ बदल्न हिँडेका मान्छेहरू नै यसरी बद्लिए कि, सुन्दा पनि घृणा लाग्ने । निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएका ती मानिसहरूको हकमा लागु नहुँदा अहिले थुप्रै चेली प्रताडित जीवन बिताउन बाध्य छन् ।
शुरु गरौँ, नेकपा अध्यक्ष प्रचण्डकै निवासबाट । उहाँका प्रमुख स्वकीय सचिव हुन्, जोखबहादुर महरा । आफैँमा सरल, सचेत र निष्ठावान राजनीतिक व्यक्ति ।

 

तर, उनैका छोराहरूले पत्नीलाई सडकतिरै बिचल्ली पारेर ‘राम्री’ च्याप्दै तमाशा गरेका छन् । अक्सर माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका, त्यसमा पनि रोल्पालीहरू यस्तो क्रियाकलापमा बढी बद्नाम छन् । परिवर्तनका लागि लडिएको जनयुद्धको उर्वर भूमि मानिने रोल्पाको पछिल्लो पहिचान नै बनेको छ, पत्नीपीडक कम्युनिष्टको जिल्ला ।

 

जोखबहादुरका दुई छोरामध्ये जेठा हुन्, रत्न । म्याग्दीको बेनी आक्रमणमा एउटा खुट्टा गुमाएकी सीता शाहसँग विवाह गरे । अहिले उनी राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छन् । अर्कीसँग दिल बसेपछि बिचल्ली बनाए । कान्छा छोरा हुन्, तुकमान । उनले १४ वर्षकै उमेरदेखि जनयुद्धमा लागेकी पत्रकार मनिषा श्रेष्ठसँग विवाह गरेका थिए ।

 

एकीकरणअघि अखिल क्रान्तिकारीका उपमहासचिव । तर, एकीकरणपछि बनेको अनेरास्ववियूमा कतै राखिएनन् । कारण हो, जेठी पत्नी मनिषा र दुई सन्तानलाई बिचल्लीमा पारेर कान्छी तामाङ्नीबाट बच्चा जन्माउनु र परिवारसँग सम्पर्कविहीन हुनु ।

जनयुद्धकालमा पाँचांै डिभिजन कमाण्डर थिए सुनील थापा । ०६२ मंसिरमा रोल्पा जिनावाङको हवाई आक्रमणमा मारिए । उनकी श्रीमती रोल्पास्थित उनकै नाममा कायम गरिएको सुनील स्मृति गाउँपालिका उपाध्यक्ष छिन् । छोरा विजय पार्टी जिल्ला कमिटी सदस्य थिए । पार्टी फुट्दा वैद्यतिर लागे । वैद्यबाट निस्क्रिय भए । आमाचाहिँ प्रचण्डकै पार्टीमा । विजयले पहिलो पत्नीबाट सन्तान जन्माएपछि अर्कीसँग घरजम गरे ।

 

पहिलो पत्नीको कुनै वास्ता छैन । अर्को श्रीमतीबाट पनि बच्चा जन्मिएका छन् । पहिलो पत्नी जनयुद्धबाटै आएकी हुन् । उपराष्ट्रपति, सभामुख, अनेकथान मन्त्रीको जिल्ला ! द्वन्द्वकालमा साँस्कृतिक बिचलन गर्ने भन्दै श्रमशिविरमा पठाउने, मोसो दल्ने, चारपाटा मुड्ने यिनै अनि कम्युनिष्टको ‘क’ पनि उच्चारण गर्न नजान्ने नक्कली मायालुसँग रम्नु–जम्नुपर्ने पनि यिनैलाई !

 

त्यही गाउँपालिकाका अध्यक्ष हुन्, गुणिन्द्र घर्ति । उनका पनि दुई पत्नी छन् । बहुविवाहमा पार्टीबाट एक वर्ष निलम्बन भएका थिए । फुकुवापछि गाउँपालिका अध्यक्ष जिते । मणिराम बुढाथोकी गाउँपालिका पार्टी कमिटीका अध्यक्ष हुन् । उनकी त झन् तीन–चारवटी पत्नी । रोशनी शाहीसँगको सम्बन्धका कारण पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि काठमाडौं आउँदा ‘हामीले गल्ती ग¥यौँ भनेको त ठीकै पो गरेका रहेछौँ’ भन्दै हाँसिरहेका थिए ।

 

यो रोग प्रदेश ५ का आन्तरिक मन्त्री कूलबहादुर केसी (सोनाम) सम्म पुगेको छ । उनका पिए हुन्, पवन कुँवर । छोरा र पत्नी दाङमा राखेर मन्त्रीको सेवा गर्न बुटवल बस्छन् । अर्कीसँग विवाह भएको छैन । तर, विवाहबाहेकका सबै कुरा चल्ने गर्छ । दाङमा बस्ने छोरा र पत्नीको मतलब छैनमात्रै होइन, उनीहरू बुटवल पुग्दासम्म भेट्दैनन् ।

 

यो रोगबाट विप्लव माओवादी पनि चोखो रहन सकेन । हाल नख्खु कारागारमा कैद मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) ले जेठी पत्नीसँग सम्बन्ध बिच्छेद नै नगरी कान्छी ल्याइदिए । माओवादी स्कुलिङका पूर्वमन्त्री रवीन्द्र श्रेष्ठ सबै दृष्टिले सक्षम र उत्तम मानिएकी पत्नी हुँदाहुँदै अखिलकी कोरली केटी केन्द्रीय सदस्य सुपेक्षा सिलवाललाई च्यापेर हिँडेपछि राजनीतिक रुपले समाप्तप्रायः स्थितिमा छन् । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...