प्रचण्डले भने बाँके र बर्दिया कर्णाली जान्छन्, रामेछाप, सिन्धुली र दोलखा मधेस झर्छन्



हाम्रो इकोनोमि

 

 

नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश संरचना फेरबदलको संकेत गरेको छ । कतिपय प्रदेशले प्रदेश संरचनाकै कारण नाम र राजधानी तोक्न नसकेपछि सत्तारुढ दल नेकपाले संरचना फेरबदलको संकेत गरेको हो ।

मंगलबार प्रदेश नं ३ का मुख्य नेताहरु पार्टीका शीर्ष नेताहरुलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । नेकपा सचिवालयले प्रदेश ३ को नाम वाग्मति र राजधानी हेटौडा राख्न सांसदहरुलाई निर्देशन दिएको थियो । सचिवालयको निर्देशनपछि उत्पन्न विवादलाई लिएर प्रदेश ३ का मुख्य नेताहरु पार्टी हाइकमाण्डमा पुगेका थिए ।

प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, नेकपा नेता तथा प्रदेश सांसद पशुपति चौलागाई र राजेन्द्र पाण्डे बालुवाटार पुगेका थिए ।

बालुवाटार पुगेका प्रदेश ३ का मुख्य नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलले प्रदेश संरचना हेरफेर हुने बताएका थिए ।

‘बाँके र बर्दिया कर्णाली प्रदेशमा जान्छन्, बारा, पर्सा र रौतहट वाग्मतिमा आउँछन्’, प्रदेश ३ का नेताहरुलाई अध्यक्ष दाहालले भने ‘रामेछाप, सिन्धुली र दोलखा मधेसमा जान्छन् ।’ नेकपा शीर्ष नेताहरुले धेरै सोच बिचार गरेर मात्र हेटौडा राजधानी राख्ने निर्णय गरिएको बताएका थिए । प्रदेश संरचना हेरफेर गरेपछि हेटौडा लगभग उपयुक्त राजधानी हुने जिकिर शीर्ष नेताहरुले गरेका थिए ।

रामेछाप, सिन्धुली र दोलखा मधेसमा राखिए र बारा, पर्सा र रौटहट बाग्मतिमा ल्याए प्रदेशको संरचना हिमाल र पहाडको मिश्रण हुनेछ । हिमाल, पहाड र तराईको मिश्रण गराउने नेकपा नेताहरुले यस्तो निर्णय लिने संकेत गरेका छन् । शीर्ष नेताको कुरा सुनेपछि प्रदेश ३ का मुख्य नेताहरु संसदीय दलको बैठक डाक्ने गरी र पार्टीको निर्देशन मान्ने गरी बालुवाटारबाट फर्केको स्रोतले बताएको छ ।

प्रदेश ५ को राजधानी पनि बुटवल नै हुने पक्कापक्की देखिएको छ । बुटवल राजधानी बनाउँदा बाँके र बर्दियालाई अन्याय नै हुनेछ । त्यही भएर बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्ने तयारी गरिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...