पौडेल–सिटौला पक्षले सानेपा कब्जा गरेपछि देउवाको बैठक बुढानिलकण्ठमा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पौडेल–सिटौला पक्षका जिल्ला सभापतिहरुको बैठक अहिले पार्टी मुख्यालय सानेमा बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले पेलेरै लैजाने रणनीति अपनाएपछि त्यसलाई काउण्टर दिनका लागि अहिले ४४ जिल्ला बताउँदै आए पनि अहिले ४२ जिल्लाका जिल्ला सभापतिहरु पार्टी कार्यालयमा बैठक बसिरहेका हुन । पार्टी सभापति देउवाले १४ औं महाधिवेशन र विभाग गठन तथा विधानको धारा नै निलम्बन गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलापक्षले जिल्लासभापतिको भेला तथा बैठक बोलाएको हो ।
यसरी पौडेल–सिटौला पक्षको यो आक्रमक रणनीति देखेपछि पार्टी सभापति देउवा एक कदम पछि हट्ने संभावना बढेर गएको छ । पौडेल–सिटौला पक्षले आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा बहुमत जिल्ला सभापतिहरुको सहभागिता भएपछि सभापति देउवालाई नैतिक संकट समेतमा परेका छन् । यस विषयमा सभापति देउवाले आफू निकटहरुसँग अब के गर्ने भन्ने रणनीति बनाउनको आन्तरिक रुपमा छलफलमा रहेको देउवा निकट श्रोतले बताएको छ । पार्टी मुख्यालय सानेपामा देउवा –सिटौला पक्षको बैठक चलिरहेकोले उनीहरुले देउवा निवास बुढानिलकण्ठमा बैठक बसिरहेको बताईन्छ ।
यो कार्यले पौडेल र सिटौला समूहले आफू निकट जिल्ला सभापतिलाई राजधानी डाकेर निर्णय फिर्ता गराउन दबाब सिर्जना गरेका छन् । ‘जिल्ला सभापतिहरूको परामर्श बैठक’ नाम दिइएको भेला हिजो सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ ।
पार्टीका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई विधिविहीन बनाउने काम भएकाले भेलामार्फत नेतृत्वबाट भएको कमजोरी सच्याउन केन्द्रीय कार्यालयबाटै दबाब सिर्जना गर्नका लागि ४४ जिल्लाको सभापतिहरु भेला गरेको जनाएका छन् । संस्थापन इतरपक्षले बहुमतका नाममा केन्द्रीय समितिले हालै गरेका निर्णयहरु फिर्ता हुनपर्ने माग अघि सार्दै आएको छ ।
आगामी महाधिवेशनलाई आफ्नो पक्षमा पार्ने गरी केन्दीय समितिले गरेको यससम्बन्धी निर्णयमा पौडेल –सिटौलापक्षको कडा आपत्ति रहँदै आएको छ । पार्टीलाई बहुमतका आडमा विधिविहीन बनाउने र विधानका धारा नै निलम्बन गर्ने निर्णयप्रति उनीहरुको तीव्र बिरोध छ ।
ल्लासभापतिहरुको भेलामार्फत विधि र विधानविपरीत भएका निर्णय र कमजोरी सच्याउन सभापति देउवालाई केन्द्रीय कार्यालयबाटै दबाब दिने उक्त पक्षको राणनीति देखिन्छ ।
भेलामा सहभागी अधिकांश जिल्ला सभापतिले देशको राजनीतिक अवस्थामा कांग्रेसले सहज वातावरणको सदुपयोग गर्न नसकेको, प्रतिपक्षको भूमिका सशक्त देखाउन नसकेको, गुट र भागबन्डामा अल्झिँदा पार्टी कमजोर भएको, विगतका निर्वाचनमा भोगेको पराजयबाट कुनै नयाँ पाठ सिक्न नसकेको र पार्टीका तल्लो तहमा रहेका नेता–कार्यकर्तालाई केन्द्रीय नेताबाटै गुटगत व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाइएको छ ।
गत ११ पुसको केन्द्रीय समितिले बहुमतका आधारमा १४औं महाधिवेशन कार्यतालिका घोषणा गर्ने, केन्द्रीय कार्यसमितिको म्याद १९ फागुन २०७७ सम्म थप गर्ने र विधानविपरीत विभाग संख्या ४७ पु¥याउने निर्णय गरेको थियो ।
भेलाको पहिलो दिन वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा। रामशरण महत, गगन थापा, प्रदीप पौडेललगायत सहभागी थिए । त्यस्तै नेता कृष्णप्रसाद सिटौला एक कार्यक्रममा धनकुटा भएका हुँदा अनुपस्थित रहेपनि उनीनिकट जिल्ला सभापतिहरुको सहभागिता रहेको छ ।
जिल्ला सभापतिहरूले यसअघि नुवाकोटको ककनीमा सभापतिहरूको राष्ट्रिय भेला गरेर पार्टी केन्द्रले मनोमानी गरेको भन्दै सच्याउन दबाब दिएका थिए । उनीहरूले त्यसबखत विधानमा केन्द्रीय तहका नेतालाई समेत तल्लो तहबाटै निर्वा्चित भएर आउनुपर्ने गरी व्यवस्था गर्न माग गरेका थिए ।


