अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ गरे मन्त्री भट्टराईले



हाम्रो इकोनोमि

 

नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए ।

त्यसक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए ।
कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे ।

नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको उनले बताए । उनले यहाँ भएका आˆना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे ।

न्यु साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डी ले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...