देउवा अल्पमतमा, ५० जिल्ला सभापतिहरु पौडेलको पक्षमा, कुन जिल्लाबाट कोको आए ?
पेलेरै जाने नीति लिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पौडेल–सिटौला समूहले एक धक्का दिएको छ । ४२ जिल्लाका पार्टी सभापतिहरुलाई पार्टी मुख्यालय सानेपामै बोलाएर बैठक गरिरहेको पौडेल–सिटौला पक्षको यो राणनीति पछि पार्टी सभापति शेरबहादुर देउवा एक कदम पछि हट्ने संभावना बढेर गएको छ । पौडेल–सिटौला पक्षले आयोजना गरेको जिल्ला सभापतिहरुको भेलामा बहुमत जिल्ला सभापतिहरुको सहभागिता भएपछि सभापति देउवालाई नैतिक संकट देखिएको छ ।
पार्टीको १४ औं महाधिवेशनका साथै विभाग गठनमा एकलौटी निर्णय र विधानका केही धारा निलम्बनपछि असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले आफू निकट जिल्ला सभापतिलाई राजधानी डाकेर निर्णय फिर्ता गराउन दबाब सिर्जना गरेका छन् । ‘जिल्ला सभापतिहरूको परामर्श बैठक’ नाम दिइएको भेला हिजो सोमबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ ।
पार्टीका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई विधिविहीन बनाउने काम भएकाले भेलामार्फत नेतृत्वबाट भएको कमजोरी सच्याउन केन्द्रीय कार्यालयबाटै दबाब सिर्जना गर्नका लागि ४४ जिल्लाको सभापतिहरु भेला गरेको जनाएका छन् । संस्थापन इतरपक्षले बहुमतका नाममा केन्द्रीय समितिले हालै गरेका निर्णयहरु फिर्ता हुनपर्ने माग अघि सार्दै आएको छ ।
आगामी महाधिवेशनलाई आफ्नो पक्षमा पार्ने गरी केन्दीय समितिले गरेको यससम्बन्धी निर्णयमा पौडेल –सिटौलापक्षको कडा आपत्ति रहँदै आएको छ । पार्टीलाई बहुमतका आडमा विधिविहीन बनाउने र विधानका धारा नै निलम्बन गर्ने निर्णयप्रति उनीहरुको तीव्र बिरोध छ ।
ल्लासभापतिहरुको भेलामार्फत विधि र विधानविपरीत भएका निर्णय र कमजोरी सच्याउन सभापति देउवालाई केन्द्रीय कार्यालयबाटै दबाब दिने उक्त पक्षको राणनीति देखिन्छ ।
भेलामा सहभागी अधिकांश जिल्ला सभापतिले देशको राजनीतिक अवस्थामा कांग्रेसले सहज वातावरणको सदुपयोग गर्न नसकेको, प्रतिपक्षको भूमिका सशक्त देखाउन नसकेको, गुट र भागबन्डामा अल्झिँदा पार्टी कमजोर भएको, विगतका निर्वाचनमा भोगेको पराजयबाट कुनै नयाँ पाठ सिक्न नसकेको र पार्टीका तल्लो तहमा रहेका नेता–कार्यकर्तालाई केन्द्रीय नेताबाटै गुटगत व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाइएको छ ।
गत ११ पुसको केन्द्रीय समितिले बहुमतका आधारमा १४औं महाधिवेशन कार्यतालिका घोषणा गर्ने, केन्द्रीय कार्यसमितिको म्याद १९ फागुन २०७७ सम्म थप गर्ने र विधानविपरीत विभाग संख्या ४७ पु¥याउने निर्णय गरेको थियो ।
भेलाको पहिलो दिन वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. रामशरण महत, गगन थापा, प्रदीप पौडेललगायत सहभागी थिए । त्यस्तै नेता कृष्णप्रसाद सिटौला एक कार्यक्रममा धनकुटा भएका हुँदा अनुपस्थित रहेपनि उनीनिकट जिल्ला सभापतिहरुको सहभागिता रहेको छ ।
जिल्ला सभापतिहरूले यसअघि नुवाकोटको ककनीमा सभापतिहरूको राष्ट्रिय भेला गरेर पार्टी केन्द्रले मनोमानी गरेको भन्दै सच्याउन दबाब दिएका थिए । उनीहरूले त्यसबखत विधानमा केन्द्रीय तहका नेतालाई समेत तल्लो तहबाटै निर्वा्चित भएर आउनुपर्ने गरी व्यवस्था गर्न माग गरेका थिए ।
कुन जिल्लाबाट कोको आए ?
१. लीलादेवी बोखिम– सभापति, ताप्लेजुङ
२. नरेन्द्रकुमार केरुङ– सभापति, पाँचथर
३. हिमालय कर्माचार्य– सभापति, इलाम
४. उद्धव थापा– सभापति, झापा
५. दिपनकुमार श्रेष्ठ– सभापति, संखुवासभा
६. गोविन्द ढुंगाना– सभापति, तेह्रथुम
७. राजीव कोइराला– सभापति, सुनसरी
८. डिगबहादुर लिम्बू– सभापति, मोरङ
९. विनोदकुमार बस्नेत– सभापति, सोलुखुम्बू
१०. नरेशकुमार श्रेष्ठ– सभापति, खोटाङ
११. विदुर बस्नेत– सभापति, उदयपुर
१२. उज्ज्वलप्रसाद बराल– सभापति, सिन्धुली
१३. कर्णबहादुर मल्ल– सभापति, डडेल्धुरा
१४. विकास लामा– सभापति, सिन्धुपाल्चोक
१५. मधु आचार्य– सभापति, काभ्रेपलान्चोक
१६. कृष्ण (सवुज) बानियाँ– सभापति, काठमाडौं
१७. जगदीश्वर नरसिंह केसी– सभापति, नुवाकोट
१८. रमेश धमला– सभापति, धादिङ
१९. जीतनारायण श्रेष्ठ– सभापति, चितवन
२०. भेषबहादुर पौडेल– सभापति, लम्जुङ
२१. बैकुण्ठ न्यौपाने– सभापति, तनहुँ
२२. कृष्ण केसी– सभापति, कास्की
२३. विष्णुप्रसाद लामिछाने– सभापति, नवलपरासी (पूर्व)
२४. भुवनप्रसाद श्रेष्ठ– सभापति, गुल्मी
२५. वीरबहादुर राणा– सभापति, पाल्पा
२६. विष्णुप्रसाद खनाल (मुस्कान)– सभापति, अर्घाखाँची
२७. सुरेन्द्रराज आचार्य– सभापति, कपिलवस्तु
२८. अमरसिंह पुन– सभापति, रोल्पा
२९. अमरप्रसाद भण्डारी– सभापति, प्यूठान
३०. किरण कोइराला– सभापति, बाँके
३१. सञ्जय गौतम– सभापति, बर्दिया
३२. केशरमान रोका– सभापति, रुकुम (पूर्व)
३३. अर्जुन पोखरेल (सभापति)का प्रतिनिधि– सचिव नवलपरासी (पश्चिम)
३४ गणेशबहादुर चन्द (सभापति)का प्रतिनिधि उपसभापति, सल्यान
३५. दीपबहादुर शाही– सभापति, जुम्ला
३६. हर्षबहादुर बम– सभापति, कालिकोट
३७. दीपकजंग शाह– सभापति, जाजरकोट
३८. कृष्णकुमार बीसी– सभापति, दैलेख
३९. कमलराज रेग्मी– सभापति, सुर्खेत
४०. खड्गबहादुर शाही– सभापति, मुगु
४१. ललितसिंह बोहोरा– सभापति, दार्चुला
४२. नरेन्द्र थापा– सभापति, बैतडी


