धादिङका रमेश धमला सहित पाँच जिल्ला सभापतिलाई निलम्बन गरे देउवाले



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच जिल्लाका जिल्ला सभापतिहरुलाई निलम्बन गर्ने तयारी गरेका छन् । पार्टीको निर्णय र निर्देशनबिरुद्ध गतिविधि गरेको भन्दै देउवाले पाँच जिल्लाका सभापतिहरुलाई निलम्बनसम्मको कारवाही गर्ने चेतावनी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले लगातार पार्टी केन्द्रीय समितिको बैठक बहिष्कार गरेपछि देउवा समुहले बहुमतका आधारमा १४ औं महाधिबेशनको मिति तोक्नेदेखि पार्टीको विभागहरु बढाउनेसम्मको निर्णय गरेको थियो । निर्णयका बिरुद्ध जिल्ला सभापतिहरुको भेला बोलाउन सक्रिय रहेका पाँच जिल्ला सभापतिहरु देउवाको कारवाही सूचिमा परेका छन् ।

पाँच जिल्ला सभापतिहरुलाई पार्टीसभापतिले पत्र नै लेखेर निर्णयबिरुद्ध नजान निर्देशन दिनुभएको थियो, तर उहाँहरुले मान्नुभएन । निर्णयबिरुद्धका गतिविधिहरु थप सक्रिय बनाउनुभयो, देउवा निकट एक पदाधिकारीले भने, पार्टीलाई अनुशासनमा गलत काम गर्नेलाई कारवाही गर्नुपर्दछ । सभापतिले पार्टी निर्णयबिरुद्ध जाने जो कोहीलाई पनि कारवाही गर्ने अडान राख्नु भएको छ ।

सभापति देउवाइतरको पौडेल समुहले पार्टी मुख्यालय सानेपामा समुहको भेला बोलाएको छ । ४२ जिल्लाका पार्टीसभापतिदेखि केन्द्रीय सदस्यहरु बैठकमा सहभागी छन् । भेलामा वरिष्ठ नेता पौडेलले देउवाका गलत निर्णयबिरुद्ध लड्न जिल्ला सभापतिहरुलाई आह्वान पनि गरिसकेका छन् ।

आफुबिरुद्ध जिल्लादेखि केन्द्रसम्म घेराबन्दी गर्न खोजेपछि देउवा पनि कडारुपमा प्रस्तुत हुन थालेका छन् । उनले पाँच जिल्लाका सभापतिहरुलाई कारवाही गर्ने तयारी गरेको छन् । जिल्ला सभापतिहरुका बिषयमा छलफल गर्न देउवाले आफु निकटका नेताहरुलाई सोमवार साँझ निवास बुढानीलकण्ठमा बोलाएका थिए ।

नेताहरुको सु्झावका आधारमा देउवाको निशानामा कास्कीका सभापति कृष्ण केसी धादिङका सभापति रमेश धमला, रोप्पाका सभापति अम्मरसिंह पुन, झापाका सभापति उद्धव थापा र नुवाकोटका जिल्ला सभापति जगदिश्नरसिंह केसी परेका छन् । उनीहरुलाई निलम्बनसम्मको कारवाही गर्ने देउवा समुहले तयारी गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...