इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाेको मूल्य तोक्यो



हाम्रो इकोनोमि

 

इरान र अमेरिकाबीच बढ्दो तनावकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाेको मूल्य तोकेको छ । आफ्ना सैन्य कमाण्डर अमेरिकी हमलामा मारिएपछि आक्रोशित इरानले ट्रम्पको टाउकाेको मूल्य ८० मिलियन डलर अर्थात् करिब ९ अर्ब २ करोड रुपैयाँ तोकेको हो ।

इरानको नयाँ घोषणाले दुई देशबीचकाे तनाव झन् चुलिने अनुमान गरिएको छ । ट्रम्पले इरानले हमला गरेमा ध्वस्त पारिदिने धम्की दिएका छन् ।

इरानी सेनाका जनरल कासिम सुलेमानीको अन्तिम संस्कारका क्रममा एक संस्थाले ट्रम्पको टाउकाेको मूल्य ८० मिलियन डलर तोकेको हो ।

यो रकम जम्मा गर्नका लागि सो संस्थाले सबै इरानी नागरिकलाई एक डलर दान गर्न अपिलसमेत गरेको छ । इरानको मसादमा उनको अन्तिम संस्कार गरिएको छ ।

सुलेमानीको हत्याअघि अघिल्लो आइतबार अमेरिकी आक्रमणमा कताईव हिज्बुल्लाहका दुई दर्जन सदस्य मारिएका थिए । अमेरिकाको दावीमा कताईव हिज्बुल्लाह उत्तरी इराकी सैन्य आधारमा रकेट आक्रमणमार्फत एक कन्ट्राक्टरको हत्यामा संलग्न थियो ।

त्यसको विरोधमा हजारौँ प्रदर्शनकारी बग्दादस्थित अमेरिकी दूतावास प्राङ्गढमा जबरजस्ती प्रवेश गरे । त्यसपछि सुलेमानीको हत्या भएको छ ।

सिनेटर टेड क्रुजले सुलेमानीको हत्यालाई ‘हाम्रा इजरायली मित्रहरुलाई लामो समयदेखि चाहिएको न्याय’को संज्ञा दिए । चुनावी अभियानको क्रममा इराक युद्धको विरोध गरेका ट्रम्प अहिले उनका पूर्ववर्तीजस्तै झुटमार्फत आम अमेरिकी जनतालाई सैन्य अभियानको पक्षमा तान्न खोज्दै छन् । निसन्देह यो उग्र राष्ट्रवाद थप बढ्दै जानेछ ।

 

ट्रम्पलाई डेमोक्रेटको मौन समर्थन

उग्र–दक्षिणपन्थबाट ट्रम्पको समर्थन सोचे अनुरुपनै देखिन्छ तर एलिजावेथ वारेनजस्ता तथाकथित प्रगतिशीलले पनि मौन समर्थन जनाउनु दुःखद कुरा हो । त्यस्तै मध्यपन्थी डेमोक्रेट्स जो बाइडनले पनि सुलेमानीको हत्याको समर्थन जनाएका छन् । दुवै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेद्वार हुन लडिरहेका छन् ।

राष्ट्रपति ट्रम्पको निर्देशनमा भएको हत्यालाई तिनले मौन समर्थन जनाउनुको कारणमा तिनले सुलेमानी खराब पात्र वा खलनायक रहेको र उनी मारिन लायकको तर्क दिएका छन् । तर खासमा ती समय, प्रक्रिया र सम्भावित परिणामलाई लिएर मात्र चिन्तित छन् ।

तिनले कहिले पनि अमेरिकाले विश्वका हरेक कुनामा आफूले भनेजस्तो सरकार गठन गर्न फौज परिचालन, हवाई आक्रमण र ड्रोन परिचालन गर्न पाउँछ या पाउँदैन भन्ने प्रश्न गरेनन् । रुखो भाषामा भन्दा वासिङ्टनले आफ्नो पक्षमा नलाग्ने संसारभरीका सत्तालाई बम हान्ने, मार्ने र आफूले रोजेको कठपुतली नेतालाई स्थापित गर्ने गरेको छ । ती अमेरिकी नेताहरु खासमा कटिबद्ध साम्राज्यवादी हुन् ।

सिनेटर बर्नी स्याण्डर्सले ट्रम्पले तनाव वृद्धि गरेर अमेरिकालाई पुनः मध्य–पूर्वको अर्को विध्वंसात्मक युद्ध नजिक पु-याएको चेतावनी दिएका छन् । युद्ध सुरु भएमा पुनः असंख्य ज्यान जाने र खर्बौँ डलर नास हुनेछ । तर उनले पनि सुलेमानीको हत्यालाई आलोचना गरेनन् ।

 

घेराबन्दीमा इरान

अमेरिकी शक्तिप्रति अन्धभक्त नरहेका र विखण्डनवादी घृणा नराख्ने मानिसले स्पष्ट देख्नेछन् कि इरानले दशकौँदेखि अमेरिकाको घेराबन्दी र शासन परिवर्तनको प्रयासलाई प्रतिरोध गरिरहेको छ ।

त्यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि सुरु भएको हो । सन् १९७९ को क्रान्तिले अमेरिकाप्रति निष्ठावान कठपुतली सरकार र इजरायलका मित्र शाह राजालाई शासनबाट हटाएको थियो ।

सन् १९८० मा पश्चिमा शक्तिले सद्दाम हुसेनले इरानलाई गरेको आक्रमणलाई समर्थन ग¥यो । त्यस आक्रमण ८ वर्षे युद्धमा रुपान्तरित भयो र लाखौँ इराकी र इरानीको जीवन गयो ।

अमेरिकी, ब्रिटिस, फ्रेन्च र जर्मन कम्पनीले इराकलाई सेना उपलब्ध गराउनुका साथै रसायनिक हतियार निर्माण गर्ने दक्षता प्रदान गरे । (युद्धपछि आफूलाई क्षेत्रिय शक्तिको ठान्न थालेका सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरे । आफ्नो उद्देश्यविरुद्ध गएको देखेपछि अमेरिका इराकविरुद्ध लाग्यो । त्यसले लामो प्रतिबन्ध र युद्ध सुरु गरायो ।)

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...