इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको टाउकाेको मूल्य तोक्यो
इरान र अमेरिकाबीच बढ्दो तनावकै क्रममा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाेको मूल्य तोकेको छ । आफ्ना सैन्य कमाण्डर अमेरिकी हमलामा मारिएपछि आक्रोशित इरानले ट्रम्पको टाउकाेको मूल्य ८० मिलियन डलर अर्थात् करिब ९ अर्ब २ करोड रुपैयाँ तोकेको हो ।
इरानको नयाँ घोषणाले दुई देशबीचकाे तनाव झन् चुलिने अनुमान गरिएको छ । ट्रम्पले इरानले हमला गरेमा ध्वस्त पारिदिने धम्की दिएका छन् ।
इरानी सेनाका जनरल कासिम सुलेमानीको अन्तिम संस्कारका क्रममा एक संस्थाले ट्रम्पको टाउकाेको मूल्य ८० मिलियन डलर तोकेको हो ।
यो रकम जम्मा गर्नका लागि सो संस्थाले सबै इरानी नागरिकलाई एक डलर दान गर्न अपिलसमेत गरेको छ । इरानको मसादमा उनको अन्तिम संस्कार गरिएको छ ।
सुलेमानीको हत्याअघि अघिल्लो आइतबार अमेरिकी आक्रमणमा कताईव हिज्बुल्लाहका दुई दर्जन सदस्य मारिएका थिए । अमेरिकाको दावीमा कताईव हिज्बुल्लाह उत्तरी इराकी सैन्य आधारमा रकेट आक्रमणमार्फत एक कन्ट्राक्टरको हत्यामा संलग्न थियो ।
त्यसको विरोधमा हजारौँ प्रदर्शनकारी बग्दादस्थित अमेरिकी दूतावास प्राङ्गढमा जबरजस्ती प्रवेश गरे । त्यसपछि सुलेमानीको हत्या भएको छ ।
सिनेटर टेड क्रुजले सुलेमानीको हत्यालाई ‘हाम्रा इजरायली मित्रहरुलाई लामो समयदेखि चाहिएको न्याय’को संज्ञा दिए । चुनावी अभियानको क्रममा इराक युद्धको विरोध गरेका ट्रम्प अहिले उनका पूर्ववर्तीजस्तै झुटमार्फत आम अमेरिकी जनतालाई सैन्य अभियानको पक्षमा तान्न खोज्दै छन् । निसन्देह यो उग्र राष्ट्रवाद थप बढ्दै जानेछ ।
ट्रम्पलाई डेमोक्रेटको मौन समर्थन
उग्र–दक्षिणपन्थबाट ट्रम्पको समर्थन सोचे अनुरुपनै देखिन्छ तर एलिजावेथ वारेनजस्ता तथाकथित प्रगतिशीलले पनि मौन समर्थन जनाउनु दुःखद कुरा हो । त्यस्तै मध्यपन्थी डेमोक्रेट्स जो बाइडनले पनि सुलेमानीको हत्याको समर्थन जनाएका छन् । दुवै अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेद्वार हुन लडिरहेका छन् ।
राष्ट्रपति ट्रम्पको निर्देशनमा भएको हत्यालाई तिनले मौन समर्थन जनाउनुको कारणमा तिनले सुलेमानी खराब पात्र वा खलनायक रहेको र उनी मारिन लायकको तर्क दिएका छन् । तर खासमा ती समय, प्रक्रिया र सम्भावित परिणामलाई लिएर मात्र चिन्तित छन् ।
तिनले कहिले पनि अमेरिकाले विश्वका हरेक कुनामा आफूले भनेजस्तो सरकार गठन गर्न फौज परिचालन, हवाई आक्रमण र ड्रोन परिचालन गर्न पाउँछ या पाउँदैन भन्ने प्रश्न गरेनन् । रुखो भाषामा भन्दा वासिङ्टनले आफ्नो पक्षमा नलाग्ने संसारभरीका सत्तालाई बम हान्ने, मार्ने र आफूले रोजेको कठपुतली नेतालाई स्थापित गर्ने गरेको छ । ती अमेरिकी नेताहरु खासमा कटिबद्ध साम्राज्यवादी हुन् ।
सिनेटर बर्नी स्याण्डर्सले ट्रम्पले तनाव वृद्धि गरेर अमेरिकालाई पुनः मध्य–पूर्वको अर्को विध्वंसात्मक युद्ध नजिक पु-याएको चेतावनी दिएका छन् । युद्ध सुरु भएमा पुनः असंख्य ज्यान जाने र खर्बौँ डलर नास हुनेछ । तर उनले पनि सुलेमानीको हत्यालाई आलोचना गरेनन् ।
घेराबन्दीमा इरान
अमेरिकी शक्तिप्रति अन्धभक्त नरहेका र विखण्डनवादी घृणा नराख्ने मानिसले स्पष्ट देख्नेछन् कि इरानले दशकौँदेखि अमेरिकाको घेराबन्दी र शासन परिवर्तनको प्रयासलाई प्रतिरोध गरिरहेको छ ।
त्यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि सुरु भएको हो । सन् १९७९ को क्रान्तिले अमेरिकाप्रति निष्ठावान कठपुतली सरकार र इजरायलका मित्र शाह राजालाई शासनबाट हटाएको थियो ।
सन् १९८० मा पश्चिमा शक्तिले सद्दाम हुसेनले इरानलाई गरेको आक्रमणलाई समर्थन ग¥यो । त्यस आक्रमण ८ वर्षे युद्धमा रुपान्तरित भयो र लाखौँ इराकी र इरानीको जीवन गयो ।
अमेरिकी, ब्रिटिस, फ्रेन्च र जर्मन कम्पनीले इराकलाई सेना उपलब्ध गराउनुका साथै रसायनिक हतियार निर्माण गर्ने दक्षता प्रदान गरे । (युद्धपछि आफूलाई क्षेत्रिय शक्तिको ठान्न थालेका सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरे । आफ्नो उद्देश्यविरुद्ध गएको देखेपछि अमेरिका इराकविरुद्ध लाग्यो । त्यसले लामो प्रतिबन्ध र युद्ध सुरु गरायो ।)