नेकपा र राजपाको संयुक्त उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

 

राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नेकपा प्रदेश अध्यक्ष प्रभु साहको नेतृत्वमा पुगेका नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्तिथिका बीच नेकपाका उम्मेदवार तुलसा दाहाल एवं राधेश्याम पासवानले उम्मेदवारी दर्ता गराए भने राजपाको तर्फबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

चारवटै उम्मेदवारको समर्थक र प्रस्तावक फरक फरक पार्टीका रहेका छन् । नेकपाका दाहालको प्रस्तावकमा सत्रुधन महतो र समर्थकमा परमेश्वर साह रहेका छन् भने पासवानको प्रस्तावकमा सत्यनारायण मण्डल र समर्थकमा रामनरेश राय रहेका छन् । राजपाको तर्फबाट सिंहको प्रस्तावकमा रामचन्द्र मण्डल रहेका छन् भने समर्थकमा जितेन्द्र सोनल र यादवको प्रस्तावकमा नवल किशोर साह र समर्थकमा सुन्दरमनि विश्वकर्मा रहेका छन् ।

माघ ९ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाएर चुनावमा सहभागी हुने सहमति यसअघि नै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...