नेकपा र राजपाको संयुक्त उम्मेदवारी दर्ता



हाम्रो इकोनोमि

 

राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा आइतबार नेकपा प्रदेश अध्यक्ष प्रभु साहको नेतृत्वमा पुगेका नेकपा नेता कार्यकर्ताको बाक्लो उपस्तिथिका बीच नेकपाका उम्मेदवार तुलसा दाहाल एवं राधेश्याम पासवानले उम्मेदवारी दर्ता गराए भने राजपाको तर्फबाट मृगेन्द्रसिंह यादव र शेखर सिंहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

चारवटै उम्मेदवारको समर्थक र प्रस्तावक फरक फरक पार्टीका रहेका छन् । नेकपाका दाहालको प्रस्तावकमा सत्रुधन महतो र समर्थकमा परमेश्वर साह रहेका छन् भने पासवानको प्रस्तावकमा सत्यनारायण मण्डल र समर्थकमा रामनरेश राय रहेका छन् । राजपाको तर्फबाट सिंहको प्रस्तावकमा रामचन्द्र मण्डल रहेका छन् भने समर्थकमा जितेन्द्र सोनल र यादवको प्रस्तावकमा नवल किशोर साह र समर्थकमा सुन्दरमनि विश्वकर्मा रहेका छन् ।

माघ ९ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनका लागि नेकपा र राजपाले गठबन्धन बनाएर चुनावमा सहभागी हुने सहमति यसअघि नै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...