नेकपाको सचिवालयमा रावल र शाक्यलाई थप्नुपर्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सचिवालय अपूर्ण भएको टिप्पणी गरेका छन् । तत्कालीन एमालेका उपाध्यक्षहरुलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ छ ।

आइतबार धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीको सचिवालय जसरी मिलाउनु पर्ने हो, अलिकति मिलेको छैन ।’

उनले अघि भने, उपाध्यक्ष त माथिको पद हो पूर्वएमालेका उपाध्यक्षहरु पनि सचिवालयमा ल्याउनुपर्छ ।’

तत्कालीन एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य नेकपाको सचिवालयमा छैनन् ।

उनीहरुलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने भन्दै नेता नेपालले भने ‘संख्या नौ को ठाउँमा पन्ध्र हुन्छ, के फरक पर्छ ?’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अमेरिकी मेलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा आफूहरू गम्भीर रहेको समेत बताएका छन् ।

एमसीसी शब्दमा विरोध नभएको तर सैन्य रणनीति भए नभएको बहसले झस्काएको उनले बताए ।

राष्ट्रघात हुने कुनै पनि विषय स्वीकार गर्न नसकिने भन्दै उनले भने, ‘नेपालको हितमाथि आघात पुग्ने कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने कुरा हामीलाई स्वीकार्य हुँदैन । सैन्य रणनीतिको परियोजना होइन भने सबैसँग सहयोग चाहन्छौं ।’

उनले भारतसँगको सीमा विवाद पछि छलफल र तथ्य प्रमाणका आधारमा टुंग्याइने बताए । उनले भने, ‘कालापानीको विषय पनि छलफल र तथ्य प्रमाणको आधारमा टुङ्गाउन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...