नेपाल प्रहरी कै नक्कली प्रमाणपत्र, को को जाने भए जेल



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीभित्र नक्कली शैक्षिक प्रमाणपत्र काण्डले हलचल ल्याएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीभित्र नक्कली शैक्षिक प्रमाणपत्रधारीहरुको अनुसन्धानलाई तीव्रता दिएपछि नक्कली प्रमाणपत्र पेश गर्ने प्रहरीका हाकिमहरु समेत तानि थालेका छन् ।

एसएसपीको बढुवाको मुखैमा शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख एसपी राजेन्द्र गुरुङले राजीनामा दिएका छन् भने दुई डिएसपी सहित दर्जन प्रहरीका हाकिमहरु अनुसन्धानको घेरामा तानिएका छन् । एसपी गुरुङले घरायसी कारण देखाउँदै राजिनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रील दिएको पुष्टि गरे ।

प्रहरी स्रोतका अनुसार गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरी सइबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए । उनले कुनै एकेडेमिक अध्ययन गरेका भने होइनन् । नेपालकै एक निजी संगीत कला केन्द्रमा केही समय संगीत सिकेका गुरुङले सोही संस्थाको प्रमाणपत्रलाई आइएसरह भन्दै जागिर प्रवेश गर्दा बुझाएका थिए । सो प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट पढेको बराबर भएको भन्दै उनले प्रहरी प्रधान कार्यालयमा पेस गरेका थिए ।

प्रहरीमा सेवा सुरु गर्दा उनको उमेर ३५ वर्ष थियो । सोही प्रमाणपत्रका आधारमा उनी इन्स्पेक्टर, डिएसपी हुँदै एसपीसम्म भए । अहिले उनी विद्यालयको एसएसपी पदमा एक्ला प्रतिस्पर्धी थिए । नेपाल प्रहरीले उनैका लागि विद्यालयमा एसएसपी पदको नयाँ दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रविरुद्ध उजुरी परेपछि प्रहरीले आन्तरिक रूपमा छानबिन गरेको थियो । छानबिनका क्रममा नेपाल प्रहरीले उनले बुझाएको प्रमाणपत्र ‘इक्विभ्यालेन्ट’ भएरनभएकोबारे त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेको थियो ।

त्रिविले प्रमाणपत्र विश्वविद्यालयबाट ‘इक्विभ्यालेन्ट’ नभएको पत्र पठाएपछि उनी संकटमा परेका थिए । प्रहरी स्रोतका अनुसार उनको शैक्षिक प्रमाणपत्रमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि गृह मन्त्रालयमा समेत उजुरी परेको थियो । दबाबमा रहेका उनले सोही कारण पदबाट राजीनामा दिएको प्रहरी स्रोतको भनाइ छ ।

त्रिविको पत्रपछि उनले न्यूनतम योग्यता पुरा नगरी जागिर खाएको प्रष्ट भएको छ । जसकारण अख्तियारले समेत उनीमाथि मुद्दा दायर गर्ने सम्भावना छ । आयोगले कीर्ते कागजपत्र पेश गरी जागिर खाएको आरोपमा डिएसपीहरुमाथि पनि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...