रामचन्द्र पौडेलले भने नेपाली कांग्रेस केही समयमै सकिन्छ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक विवाद अन्त्य नभए पार्टी केही समयमै समाप्त हुने चेतावनी दिनुभएको छ ।

चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा नेता पौडेलले आपसी विवाद छाडेर पार्टीलाई विकृतिमुक्त बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले पार्टीभित्रको आन्तरिक किचलो अन्त्य गर्दै एकढिक्का भएर आगामी निर्वाचनका लागि तयार हुन भन्दै ९ बुँदे लिखित प्रस्ताव गर्दा पनि सभापति देउवाले आफ्ना सुझाव सम्बोधन नै नगरेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेल समूहले पार्टीको केन्द्रीय कार्यसमिति बैठक समेत पटक पटक बहिस्कार गर्दै आएको छ । आफ्ना मागपूरा नभएसम्म बैठकमा सहभागि नहुने अडान पौडेल पक्षले लिएको छ ।

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन कांग्रेस सक्षम : नेता

कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउनुभएको छ ।

नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिबार यहाँ आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिनुभयो ।

कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

 

आजदेखि देशभरिकै मौसम सुधार

आइतबारदेखि देशभरिकै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन । पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सामान्यतया सफा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

अहिले काठमाडौंसहित देशका केही ठाउँमा देखिएको कुहिरो पनि दिउँसोपछि हट्दै गएर घाम लाग्ने मौसमविद् मानन्धरले बताउनुभयो । सोमबार पनि सामान्यतया देशभरिकै मौसम सफा हुनेछ । नयाँ मौसमी प्रणाली देखिएकाले मङ्गलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आइतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । केही दिन यता पश्चिमी वायुको प्रभावका कारण देशभर पानी र हिउँ पर्दा जनजीवन प्रभावित भएको थियो ।

 

मानबहादुर तामाङ

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...