बामदेव गौतमलाई फेरी धोका, प्रधानमन्त्री बन्ने धोको अधुरै



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । पार्टीको शुक्रबार सम्पन्न सचिवालय बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाएको हो ।

 

पार्टी प्रवक्ता नारायणकाजीलाई समेत उम्मेदवार बनाउने निर्णय गरेको नेकपाले उपाध्यक्ष बामदेव गौतमलाइ भने छुटाएको छ । बामदेव गौतमलाई फेरी धोका भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभ लैजाने सहमति भएपनि अन्तिमा आएर उनले धोका पाएका छन । गौतम प्रधानमन्त्री बन्ने धोको पनि अधुरै रहने भएको छ ।

 

गण्डकी प्रदेशमा अन्य समुहबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार बनेका हुन् । नेकपा श्रोतका अनुसार प्रदेश १ मा महिलाका तर्फबाट इन्दु गौतम, दलितका तर्फबाट गोपी अछामी र अन्य समुहबाट देवेन्द्र दाहाल उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेश २ मा भने महिलाबाट तुलसा दाहाल र दलितमा राधेश्याम पासवानलाई उम्मेदवार बनाइँदैछ । प्रदेश ३ मा महिला तर्फ गंगा बेलवासे र अन्य समुहमा बेदुराम भसुाल उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाका तर्फबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक समुहबाट जगप्रसाद शर्मा र अन्य समुहबाट गोपाल भट्टराई उम्मेदवार छन् । कर्णाली प्रदेशमा भने अन्यबाट मायाप्रसाद शर्मालाई अघि सारिँदा महिलाबाट सुमित्रा बिसीलाई उम्मेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा भने अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय नेकपा सचिवालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...