बामदेव गौतमलाई फेरी धोका, प्रधानमन्त्री बन्ने धोको अधुरै



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रियसभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । पार्टीको शुक्रबार सम्पन्न सचिवालय बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार टुंगो लगाएको हो ।

 

पार्टी प्रवक्ता नारायणकाजीलाई समेत उम्मेदवार बनाउने निर्णय गरेको नेकपाले उपाध्यक्ष बामदेव गौतमलाइ भने छुटाएको छ । बामदेव गौतमलाई फेरी धोका भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रियसभ लैजाने सहमति भएपनि अन्तिमा आएर उनले धोका पाएका छन । गौतम प्रधानमन्त्री बन्ने धोको पनि अधुरै रहने भएको छ ।

 

गण्डकी प्रदेशमा अन्य समुहबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार बनेका हुन् । नेकपा श्रोतका अनुसार प्रदेश १ मा महिलाका तर्फबाट इन्दु गौतम, दलितका तर्फबाट गोपी अछामी र अन्य समुहबाट देवेन्द्र दाहाल उम्मेदवार बनाउने निर्णय भएको छ । प्रदेश २ मा भने महिलाबाट तुलसा दाहाल र दलितमा राधेश्याम पासवानलाई उम्मेदवार बनाइँदैछ । प्रदेश ३ मा महिला तर्फ गंगा बेलवासे र अन्य समुहमा बेदुराम भसुाल उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाका तर्फबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक समुहबाट जगप्रसाद शर्मा र अन्य समुहबाट गोपाल भट्टराई उम्मेदवार छन् । कर्णाली प्रदेशमा भने अन्यबाट मायाप्रसाद शर्मालाई अघि सारिँदा महिलाबाट सुमित्रा बिसीलाई उम्मेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा भने अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय नेकपा सचिवालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...