नेकपाको राष्ट्रियसभाका उम्मेद्वार, नारायणकाजी सहित कुन प्रदेशबाट को–को ? (नामावली)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठकले राष्ट्रिय सभाका उम्मेद्वारको नाम टुङ्गो लगाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभाका उम्मेद्वारहरुको नाम टुङ्गो लगाएको हो ।
जसअनुसार प्रदेश नम्बर–१ बाट इन्दू गौतम, गोपी अछामी देबेन्द्र तामाङ, प्रदेश नम्बर–२ बाट तुल्सा दाहाल र राधेश्याम पासवान रहेका छन् । यस्तै प्रदेश–३ बाट गंगा बेल्वासे, बेदूराम भूसाललाई पनि राष्ट्रियसभाको उम्मेद्वार बनाइएको छ ।
त्यस्तै प्रदेश–४ बाट भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, प्रदेश–५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा राष्ट्रिय सभा उम्मेद्वार बनेका छन् । यस्तै प्रदेश–६ बाट सुमित्रा बिसी र मायाप्रसाद आचार्य, प्रदेश–७ बाट तारामान स्वाँर र शारदा भट्ट राष्ट्रियसभा उम्मेद्वार बनेका छन् ।


