कांग्रेस केन्द्रीय समिति बैठक नै छुट्टा-छुट्टै, पौडेलको महाराजगञ्ज र देउवाको सानेपामा बस्यो



हाम्रो इकोनोमि

 

उनले पार्टीभित्रको किचलो नमिलने कांग्रेस समाप्त भएर जाने चेतावनी दिइन । आफु सभापति बन्न देउवाले पार्टीलाई समाप्त पारेको उनले बताइन । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’ उनले कांग्रेसभित्रको गुटबन्दी अन्त्य नभए धेरै नेता कार्यकर्ता कांग्रेसबाट पलाएन भएर जाने बताइन । गुटबन्दीलाई अन्त्य गरी पार्टीलाई बलियो बनाउन देउवा नै लाग्नु पर्न तर्क उनले गरेकी छिन् ।

 

कांग्रेसका नेताहरुमा एक बर्षअघि देखि नै महाधिबेशन लागिसकेको छ । महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउन उनले कार्यकर्तालाई आग्रह गरिन । उनले कोइराला परिवारभित्र कुनै विवाद नभएको दावी पनि गरेकी छिन् । ‘शशांक, शेखर र मबीच कुनै समस्या छैन‘ उनले भनिन् ‘कांग्रेसमा योगदान गरेको कोइराला परिवारको इतिहास छ । हामी मिलेर अघि बढ्छौ ।‘

 

यसैबीच नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गरिन् ।

 

प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

 

उनले भनिन्, ‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ ।’ कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उनले बताइन् । पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।

 

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

 

शशंाक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गर्दै उनले भनिन्, ‘कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास पनि छ । जो भए पनि मिलेरै अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...