सुजाता कोइरालाले भनिन् देउवाले कांग्रेस सिध्याउने भए



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टी समाप्त पार्न लागेको आरोप लगाएकी छन् । उनले आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भविष्यवाणीसमेत गरिन् ।

 

प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन,’ उनले भनिन्, ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

 

उनले भनिन्, ‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ ।’ कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको पनि हात काँप्ने स्थिति नआओस् भन्नेतर्फ ध्यान दिनु पर्ने उनले बताइन् । पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ ।

 

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् ।

शशंाक कोइराला, शेखर कोइराला र आफूबीच कुनै विवाद नभएको दाबी गर्दै उनले भनिन्, ‘कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास पनि छ । जो भए पनि मिलेरै अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...