कर्णालीमा जिप खस्यो, चार जनाको मृत्यु
बाजुराको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। ४ जना घाइते र एक जना बेपत्ता छन् ।
से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ४ जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ। ५ सय मिटर माथिबाट जिप नदिमा खसेको हो । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धवसिं भाटले भने खबर पाउने बित्तिकै प्रहरी पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दुरीमा पिलिचौर इलाका प्रहरी कार्यलय रहेको छ । घटनास्थलमा प्रहरी स्थानीय पुगेर उद्धार कार्य भइरहेको छ ।
डीएसपी भाटका अनुसार जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता एक यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।


