सञ्चारमन्त्री बाँस्कोटाले भने सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइयो



हाम्रो इकोनोमि

 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता गर्नुपर्ने भनेर भ्रम फैलाइएको बताए । उनले भने, ‘यसमा म ठाडै खारेज गर्छु ।’ उनले अघि भने, ‘दर्ता आम प्रयोगकर्ताले होइन, जसले सामाजिक सञ्जाल चलाउँछु भन्छ, त्यसले गर्नुपर्छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर पनि झुटो प्रचार भएको बताए । ‘त्यहाँ निरन्तर भन्ने शब्द लुकाइएको छ’ उनले भने ।निरन्तर भयो भने नियतसँग जोडिने भएकाले त्यसलाई दण्डनीय बनाउनु परेको बताए ।

सरकारलाई बद्नाम गर्न, नागरिकलाई उचाल्न विधेयकबारे फोस्रो प्रचार गरिएको उनको दाबी छ । सरकारले ल्याएको विधेयकमा संसदीय समितिले संशोधन गर्दा विपक्षीका ८ वटा सुझाव स्वीकार गरिएको भन्दै उनले भने, ‘सत्य छोप्ने काम नगरौं । होइन भने ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...