सञ्चारमन्त्री बाँस्कोटाले भने सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइयो



हाम्रो इकोनोमि

 

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सूचना प्रविधि विधेयकबारे भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका प्रत्येक प्रयोगकर्ता दर्ता गर्नुपर्ने भनेर भ्रम फैलाइएको बताए । उनले भने, ‘यसमा म ठाडै खारेज गर्छु ।’ उनले अघि भने, ‘दर्ता आम प्रयोगकर्ताले होइन, जसले सामाजिक सञ्जाल चलाउँछु भन्छ, त्यसले गर्नुपर्छ ।’

सञ्चारमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई होच्याए, जिस्क्याएमा पनि ५ वर्षसम्म जेल र १५ लाखसम्म जरिवाना गर्ने व्यवस्थालाई लिएर पनि झुटो प्रचार भएको बताए । ‘त्यहाँ निरन्तर भन्ने शब्द लुकाइएको छ’ उनले भने ।निरन्तर भयो भने नियतसँग जोडिने भएकाले त्यसलाई दण्डनीय बनाउनु परेको बताए ।

सरकारलाई बद्नाम गर्न, नागरिकलाई उचाल्न विधेयकबारे फोस्रो प्रचार गरिएको उनको दाबी छ । सरकारले ल्याएको विधेयकमा संसदीय समितिले संशोधन गर्दा विपक्षीका ८ वटा सुझाव स्वीकार गरिएको भन्दै उनले भने, ‘सत्य छोप्ने काम नगरौं । होइन भने ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...