अमेरिकाले नेपालमा सैनिक क्याम्प राख्ने यस्तो छ योजना, हेर्नुहोस भिडियो



हाम्रो इकोनोमि

 

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद देव गुरुङले नेपालको संसदबाट एमसीसी अनुमोदन गराएर अमेरिकाले नेपालमा सैनिक क्याम्प राख्ने रणनीति राखेको बताएका छन्।

सुनौलो नेपालसंग कुरा गर्दै नेता गुरुङले एमसीसी सम्झौता इन्डो प्यासिफिक स्ट्राटेजीसँग जोडिएर आएको भन्दै त्यसको गम्भीर अध्ययन अनुसन्धान गरेर मात्र निर्णय गर्नुपर्ने बताएका हुन्। इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपालमा अमेरिकी सेनाको क्याम्प राख्ने स्पस्ट उल्लेख भएको र एमसीसी यसकै अंग भएकोले यसले नेपालको विदेश नीति र स्वाधिनतामाथि नै प्रश्न उठ्ने उनले बताए।

नेपालको परराष्ट्रनीति स्वतन्त्र भएको भन्दै नेता गुरुङले यसैको आधारमा मुलुक अघि बढ्नुपर्ने धारणा राखे। राष्ट्रहितमा आघात पर्ने खालका काममा सरकारले तथा पार्टीले सुझबुझका साथ् कदम चाल्नुपर्ने उनले बताए।

उनले एमसीसी सम्झौता गर्दा मुख्यत भौतिक सहायताका लागि नेपाल र अमेरिकाबीचको सम्झौता भनेर गरेको भए पनि भारतको सहमति लिनु पर्ने बिषयले केहि त्रुटी देखिएको बताए। नेपालको कानुनलाई भन्दा पनि सम्झौतालाई प्राथमिकता दिएकोले यो नेपालको हितविपरित रहेको जिकिर उनको थियो।

अमेरिकाले आफ्ना प्रतिस्पर्धी चीन र रसियाको विरुद्धमा सैन्य गठबन्धन गर्नैका लागि मोर्चाबन्दी गर्न इन्डो प्यासिफिक स्ट्राटेजी अगाडी सारेको र नेपाललाई पनि एमसीसीका माध्यमबाट सामेल गराउन खोजेको उनको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...