म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन : सञ्चारमन्त्री बास्कोटा



हाम्रो इकोनोमि

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् ।

बिहीबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले भने, ‘म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको छैन । बरु नेताहरु कार्यकर्ता सिध्याउन हिँड्छन् त्यसरी कहिलेकाहीँ ।’

उनले प्रदेशस्तरबाट मिडियाले पाउने सेवा पाउने गरी कानुन बनाइरहेको पनि उनले जानकारी दिए । ‘लोक कल्याणकारी विज्ञापन, प्रेस पास, उजुरी, धर्ना जे-जे गर्नुपर्छ त्यही गर्नेगरी सात प्रदेशमा एकीकृत कार्यालय बनाउनुपर्छ भन्ने सोचेर ५० लाखको दरले सातै प्रदेशलाई बजेट उपलब्ध गराएका छौं,’ मन्त्री बास्कोटाले भने ।

सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै उनले यसले मिडियालाई नै फाइदा हुने दाबी गरे । ‘होडिङ बोर्ड नराख्दा प्रचारको लागि उसले कि पि्रन्ट, कि इलेक्ट्रोनिक डिजिटल मिडियाको प्रयोग गर्छ । यसले के घाटा भयो त ? सारा पैसा तपाईंकोमा आउँदैछ,’ उनले भने ।

पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने उनले बताए । तर अहिले त्यस्तो नभएको भन्दै उनले भने, ‘भन्यो भने बढ्ता हुन्छ, तर कलम चलाउनुपर्ने पत्रकार कहिलेकाहीँ तरबार नै चलाउनु हुन्छ । तरबारभन्दा शक्तिशाली त कलम नै छ । उल्टो सुल्टो दुईटै चलाएपछि त गाह्रो पर्छ ।’

सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो भन्ने आरोपमा उनले व्यंग्य गरे । ‘स्वतन्त्रता कुन्ठित भयो भन्नेचाहिँ आफैं कुन्ठित भएको अभिव्यक्ति मात्रै हो,’ उनले भने, ‘कुन्ठाग्रस्त मनस्थितिको कुन्ठित अभिव्यक्ति मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...