प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उनीहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् ।

दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास उनीहरुले व्यक्त गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपालको लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेश गरेको सार्वजनिक भएपछि दुई देशबीच पछिल्लो समय सीमा विवादबारे कूटनीतिक माध्यमबाट सम्पर्क हुँदै आएकामा आज प्रधानमन्त्री तहमा संवाद भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान १०ः३० ले टेलिफोन संवाद गरेका उनका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

उनीहरूले आपसमा नयाँ वर्ष २०२० को शुभकामना आदानप्रदान गरेको र त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गरे ।

टेलिफोन संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पु¥याउन सन् २०२० सफल रहने पनि उनीहरूले विश्वास व्यक्त गरेको थापाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि पुनःआग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...