नक्कली स्मार्ट लाइसेन्स बनाउने ४ जना पक्राउ



हाम्रो इकोनोमि

 

नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरी ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो । अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गर्‍यो ।

त्यसपछि सुरू भएको विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो । विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...