ओलीसँग बार्गेनिङ गर्दै प्रचण्ड, नेम्वाङ फेल खाए



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रतिनिधिसभाको सभामुख चयन प्रमुख नेताहरूको प्रतिष्ठा र ‘इगो’को विषय बन्न पुगेको छ । सचिवालय बैठकमा सभामुखको विषयमा पटकपटक एजेण्डा बनेर पनि सहमति बन्न सकेको छैन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा रहेको बुझेपछि कार्यकारी अध्यक्ष प्रचण्ड कुनै पनि हालतमा नेम्वाङलाई सभामुख बन्न नदिने अड्डी लिँदै हुनुहुन्छ ।

 

सभामुखको विषय टुङ्गो नलागेकोले संसद् अधिवेशनसमेत प्रभावित भइरहेको छ । मंगलबार (१५ पुस) प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच यसै विषयलाई लिएर भएको बैठक पनि टुङ्गोमा पुग्न सकेन ।

 

‘माओवादी’को भागमा रहेको सभामुख आफैँले पाउनुपर्ने मनसाय प्रचण्डमा रहेको पाइएको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता अति महत्वपूर्ण पदीय जिम्मेवारी ‘एमाले’लाई र ‘एमाले’मा पनि केपी ओलीलाई सुम्पिनु जोखिमपूर्ण हुने बुझाइ प्रचण्डमा रहेको बताइन्छ । सभामुख र राष्ट्रपति आफूअनुकूल हुँदा प्रधानमन्त्रीले चाहेबमोजिमको परिस्थिति निर्माण गर्न सक्ने हुनाले पनि प्रचण्ड सचेत ढङ्गले नेम्वाङलाई सभामुख बन्न नदिन लागिपर्नुभएको छ ।

 

अग्नि सापकोटा, पम्फा भुसाल र देव गुरुङमध्ये एकलाई सभामुख बनाउन प्रचण्ड चाहनुहुन्छ । तीनमध्ये प्रचण्डको मुख्य रोजाइ सापकोटा नै भएको बुझिन्छ, तर सापकोटा र गुरुङप्रति ‘एमाले कित्ता’ सकारात्मक नभएकोले उहाँहरू दुईमध्ये दुवैले सभामुखको जिम्मेवारी पाउने सम्भावना शून्य बराबर छ ।

 

‘केही लिएर मात्र केही दिने’ मानसिकता र योजनामा रहनुभएका प्रचण्डले केपीबाट केही ठूलै उपलब्धि हात नपारीकन नेम्वाङलाई सभामुख स्वीकार गर्ने सम्भावना देखिँदैन । कदाचित केपीले अरू केही दिनुभन्दा सभामुख पद नै माओवादीलाई छोडिदिनु उपयुक्त ठान्नुभयो भने त्यस्तो अवस्थामा पम्फा भुसाललाई उक्त पद मिल्ने ज्यादा सम्भावना छ । तथापि अहिलेसम्म प्रधानमन्त्री ओली कुनै हालतमा पनि सभामुख पद ‘माओवादी’लाई नदिन दृढ हुनुहुन्छ र सुवास नेम्वाङलाई नै सभामुख बनाउने कुरा आफ्ना निकटवर्तीसमक्ष प्रकट गरिसक्नुभएको छ ।

 

भनिन्छ, केपी शर्मा ओली पछिल्लो समय प्रचण्ड र माओवादी कित्ताप्रति केही उदार एवम् सकारात्मक बन्नुभएको छ । तर, प्रचण्डले केपीको यो सकारात्मकताको पनि नकारात्मक अर्थ लगाउने गर्नुभएको छ । केपीको लचकता स्थायी रूपले नभई दोस्रो मिर्गौला प्रत्यारोपणसम्मका लागि मात्र भएको बुझाइ प्रचण्डको छ । त्यसैले केपीबाट जे हात लगाउनुपर्ने हो त्यो मिर्गौला प्रत्यारोपणभन्दा पहिले नै लगाइसक्नुपर्छ भन्ने बुझाइ प्रचण्डको भएकोले ‘सभामुख’ चयनको विषय सहजै टुङ्गिने स्थिति छैन ।

 

चर्को बार्गेनिङ गरेर केही नलिईकन प्रचण्डले सभामुख छोड्ने अवस्था नरहेकोले यसपटक प्रधानमन्त्री केपी शर्माले के गुमाउनुपर्ने हो, प्रतीक्षाको विषय बनको छ ।

 

नेपाल कम्युनिस्ट पार्टीको पैंतालीस सदस्यीय स्थायी कमिटीमा बहुमत नभए पनि प्रचण्ड सबभन्दा बलियो मानिन्छन् । समितिमा प्रधानमन्त्री केपीसमर्थक (वामदेवलाई समेत गणना गर्दा) १३ जना छन् भने माधव नेपालको पक्षमा पनि १३ जना नै रहेका छन् । तर, प्रचण्डको पक्षमा भने १९ सदस्य भएको विश्वास गरिन्छ ।

केपी, माधव र प्रचण्डमध्ये दुई जतातिर हुन्छन् त्यसैको पल्ला भारी हुने स्थिति भए पनि अहिलेसम्म तीनजनामा कसैले कसैलाई पनि विश्वास गर्न सकिने स्थिति छैन ।

 

यही तरल अवस्थाको फाइदा उठाउँदै आगामी वर्ष (२०७७) सालमा गर्ने भनिएको महाधिवेशन आफ्नोअनुकूल तुल्याउन प्रचण्ड अहिले नै सक्रिय भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...