भिजिट नेपाल २०२० को यसरी हुँदैछ भव्य उद्घाटन, हेर्नुहोस् कार्यक्रम तालिका



हाम्रो इकोनोमि

सरकारले ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबार देखि औपचारिक सुरुवात गर्दैछ । कार्यक्रमको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । पौने ५ घण्टासम्म हुने उद्घाटन समारोहमा नेपालका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।

४ बजेसम्ममा सबै अतिथिहरुको उपस्थितिलाई सेलिब्रिटीहरुबाट स्वागत गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । त्यस्तै, कार्यक्रम तालिकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान लगत्तै बाजासहित रंगशालामा भिजिट नेपाल २०२० को मानव साङ्लो बनाइनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्नेछिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन् ।

साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटनमा मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।

त्यसैगरी, कार्यक्रमको अन्त्यमा अतिसबाजीसहित ‘यो मन त मेरो नेपाली हो…’ बोलको गीतसहित उद्घाटन समारोह समापन हुनेछ ।

 

हेर्नुहोस् कार्यक्रम तालिका:

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...