कांग्रेसमा देउवा विरुद्ध यस्तो शसत्त टिम तयार भयो, को हुने भए सभापति



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको विकल्पमा अर्को टिम बनाउन प्रस्ताव अघि सारेका छन् ।

 

पार्टी संस्थापन पक्षले बहुमतका आधारमा महाधिवेशनको मिति तोकेपछि संस्थापन इतर समूह असन्तुष्ट छ । उनीहरुले पार्टीको परम्परा र विधान विपरीतका निर्णय भएको भन्दै सच्याउन माग गरेका छन् । नभएसम्म केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने संस्थापन इतरका नेताहरु बताउँछन् ।

 

उनीहरु मध्ये एक पूर्वमहामन्त्री प्रकाशमान सिंह भन्छन्, ‘पार्टी सभापतिले म नै कांग्रेस हुँ भन्ने रवैया देखाउनु भएको छ । मैले भनेको मान्ने भए मान, नभए देखा जाएगा भन्नेजस्तो गर्नुभएको छ । देखा जाएगा भनेपछि देखाइदिन्छौं ।’

 

मंगलबार चाक्सीबारीस्थित आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले २६ मंसिरबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार, त्यसपछि भएका वार्ताहरु बेलिविस्तार लगाए । तर संस्थापन र आफूहरुबीच वार्ता भइरहेका बेला संस्थापन पक्षले बहुमतका आधारमा १४ औं महाधिवेशनको कार्यतालिका, विधानका धाराहरु निलम्बन र केन्द्रीय विभाग थपको निर्णय गरेको भन्दै उनले भने, ‘बहुमतबाटै सबैथोक हुन्छ भने हेर्छौं हामी पनि ।’

 

के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘केन्द्रीय समिति बैठकमा जाँदैनौं, असहयोग गर्छौं र राजनीतिक तथा लोकतान्त्रिक अभ्यासबाट यो निर्णय सच्याउन बाध्य पार्छौं ।’

 

१४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने माग राखेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिस्कार गरेको थियो । अहिले बहुमतकै आधारमा भए पनि २०७७ फागुन ७–१० मा महाधिवेशन गर्ने कार्यतालिका बनेको छ ।

 

माग पूरा हुँदा पनि किन विरोध भन्ने प्रश्नमा पौडेल समूहका नेता सिंह भन्छन्, ‘महाधिवेशनको मिति जस्तो विषय अल्पमत वा बहुमतबाट होइन, सबैको सहमतिबाट गर्ने हाम्रो परम्परा थियो । त्यसलाई सभापतिले तोड्नु भएको छ ।’

 

उनले अघि भने, अहिले थपिएको एक वर्षको अन्तिम समयमा महाधिवेशन गर्ने भनिएको छ । भोलि कुनै दुर्घटना भयो र समयमा महाधिवेशन हुन सकेन भने त संविधानको व्यवस्थालाई टेकेर फेरि ६ महिना म्याद थप्नुपर्ने हुन्छ । त्यसैले हामीले २/३ महिना समय राखेर गरौं भनेका हौं, तर उहाँहरु मान्नु भएन ।’

 

हरेक विषयमा अन्तिdसम्म चुप लागेर बस्ने र, एक पटकका लागि सहमति गरौं भन्दा विधानलाई नै तोड्ने सभापति देउवाको बानी नै भइसकेको उनको दाबी छ ।

 

विधानका महत्वपूर्ण धाराहरु निलम्बन गरेकामा समेत संस्थापन इतर समूहको आपत्ति छ । पूर्वमहामन्त्री सिंह भन्छन्, ‘विधानका धाराहरु यसरी निलम्बन गरिएको छ कि क्रियाशील सदस्यता अब सभापति आफैंले खल्तीबाट निकालेर दिने हो । यो त देखादेख कब्जा गर्न खोजेको जस्तो देखियो नि ।’

 

विकल्प तयार गरौं

कांग्रेस नेताहरुलाई १४ औं महाधिवेशन लागिसकेको छ, अहिले संस्थापन र इतर समूहको विवादको मुख्य कारण पनि त्यही हो । नेता सिंहकाअनुसार देउवा इतरको समूह अब अहिलेको नेतृत्वले चल्दैन भन्ने साझा निश्कर्षमा पुगेका छन् । नेता सिंह भन्छन्, ‘अब नेतृत्वको विकल्प दिन सक्नुपर्छ । त्यसका लागि उत्कृष्ट टिम तयार गरौं ।’

 

उनीहरुले यो पनि बुझेका छन् कि अहिलेको अवस्थामा कुनै एउटा व्यक्तिले देउवालाई विस्थापित गर्न सक्दैन । तर यो समूहको नेता को भन्ने प्रश्नको जवाफ छैन ।

 

 

वरिष्ठ नेता पौडेलसँगै वर्तमान महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, शेखर कोइरालालेखि सिंह स्वयं सभापतिका आकांक्षी छन् । देउवा इतर समूहको नेता को भन्ने प्रश्नमा सिंह भन्छन्, ‘लिडरको फर्मुला उचित समयमा आउँछ ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...