नेकपामा पूर्व–पश्चिम छैन : सञ्चारमन्त्री



हाम्रो इकोनोमि

 

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्वको नरहेको बताएका छन् । सभामुखमा पूर्वमाओवादीले दाबी गरिरहेको सन्दर्भमा मन्त्री बास्कोटाले नेकपामा अब पूर्वका कोही नरहेको बताए ।

कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त निर्णय गर्छ र सभामुख चयन हुन्छ ।’ मन्त्री बास्कोटाले सभामुख नेकपाकै नेता हुने भन्दै यस विषयमा मुख्य नेताहरूबीच सम्भवतः सहमति भइसकेकेको बताए ।

बास्कोटाले साइबर अपराध गर्न पल्केकाहरूले सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर नपर्ने बरु थप सुरक्षा हुने बताए ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले कालापानी, लिपुलेक मात्रै नभई लिम्पियाधुरा पनि नेपालकै भूमि भएको बताए । उनले भारतले कालापानी लिपुलेकमा दाबी गरे पनि लिम्पियाधुरासम्म नेपालकै भएको बताए ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरूले ब्रिटिसकालीन सन्दर्भ सामग्रीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बास्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...