प्रदेश २ मा मुख्यमन्त्री राउत बिरुद्ध अविश्वासको प्रस्ताव, सरकार ढल्यो



हाम्रो इकोनोमि

 

समाजवादी पार्टी संघिय सरकारबाट बाहिरिएलगतै प्रदेश २ को सरकार संकटमा परेको छ । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतको नेकपा र राजपाका सांसदहरुले राजीनामा मागेका छन् । नेकपा, राजपा र कांग्रेस सांसदहरुले राजीनामा मागेपछि लालबाबुको मुख्यमन्त्री पद धरापमा परेको छ ।

प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन सार्वजनिक आग्रह गरेका छन् । राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन् ।

-अहिले समय नै तोकेर मुख्यमन्त्रीलाई राजीनामा दिन भनेका छौ, उहाँले मान्नुभएन भने अविश्वासको प्रस्ताव ल्याउँछौ, -नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मण्डलले भने -प्रदेश २ को सरकार परिवर्तन हुन्छ, जनताप्रति अनुदार सरकार हामीलाई चाहिदैन ।

प्रदेश २ को सरकार ढाल्न नेकपा र राजपाका सांसदहरुले गठजोड नै गरेका छन् । नेकपा र राजपाका सांसदहरुले सोमबारदेखि चलेको प्रदेश संसदमा सरकारको कडा आलोचना गरे । आलोचना मात्र भएन, संसद बैठक नै अबरुद्ध पारे । अबरुद्ध संसद बसेको केही मिनेटमै स्थगित भएको थियो ।

प्रदेश २ मा समाजवादी र राजपाको गठबन्धन सरकार छ । केन्द्रीय राजनीतिमा राजपा र समाजवादीबीच दुरी टाढा भएको छ । नेकपा र राजपाबीच सम्बन्ध सुधार छ । प्रदेश २ मा नेकपा र राजपा सरकारबीच संयुक्त सरकार बने संघ सरकारमा पनि राजपाले पाइला टेक्नेछ ।

प्रदेश २ मा नेकपा र राजपाले औपचारिक गठबन्धन गरिसकेका छन् । -कांग्रेस सांसदहरुसँग पनि हाम्रो सहमति भएको छ- नेकपा संसदीय दलका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने । पछिल्लो समय समाजवादी पार्टी र मुख्यमन्त्री राउत एक्लो बनेका छन् ।

केही महिना पहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नसच्चिए प्रदेश २ को सरकार ढालिदिने चेतावनी दिएका थिए । त्यसलाई समाजवादी र मुख्यमन्त्री राउतले घुर्किका रुपमा बुझे । तर अहिले दाहालकै कदमका कारण उनको सरकार धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...