निलमको सम्बन्ध बिच्छेदको नाटक, न रामकृष्णको घर छोडिन् , न साथ



हाम्रो इकोनोमि

 

रामकृष्ण ढकाल कुनै समय नेपाली समाजमा सर्वाधिक रुचाइएका गायक हुन् । उनको जादुमय आवाज केही दशकदेखि खुम्चिएको छ । जति प्रयास गरेपनि रामकृष्णको आवाज अहिलेको नेपाली समाजमा चल्न छोडेको छ । लगभग गुमनाम भइसकेका रामकृष्ण ९ पुसमा एक्कासी चर्चामा आए । नेपालका लगभग सवै सञ्चारमाध्यमतले प्राथमिकतामा राखेर उनको समाचार लेखे ।

सामाजिक गीतको थिएन । काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध बिच्छेदको थियो । पत्नी निलम शाह ढकालसँग उनले ९ पुसमा १७ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेका थिए । तर उनको अदालती सम्बन्ध बिच्छेद एक नाटक मात्र भएको प्रमाणित भएको छ ।

सम्बन्ध बिच्छेदपछि निलमले न घर छोडेकी छन् न त बेड । पति पत्नीकै रुपमा पहिलेजस्तै बसिरहेका छन् । तर किन सम्बन्ध बिच्छेदको नाटक ? यतिबेला उनको फेरी आलोचना शुरु भएको छ । कतिपयले ऋण ठगी गर्न रामकृष्णले यो नाटक गरेको भन्न थालेका छन् । अदालतको सम्बन्ध बिच्छेदमा पनि पत्नी निलमले कुनै सम्पति नलिने आदेश भएको छ ।

रामकृष्णको झण्डै सहकारी र बैंकमा गरी ५ करोड ऋण भएको दावी गरिदै आएको छ । आफ्नो सम्पति र आम्दानी पत्नीलाई दिने तर पत्नीसँग सम्बन्ध बिच्छेद गर्दा उनी कानुनीरुपमा बच्न सक्ने उपाय खोजेको भन्ने आरोप लाग्न थालेको छ ।

रामकृष्ण र निलम अलग भएका छैनन् । उनीहरु लगत नभएको प्रमाण शनिबार साँझ काठमाण्डौको सोल्टी होटलमा देखिएको थियो । सोल्टीमा ‘अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ कार्यक्रम थियो । कार्यक्रममा रामकृष्ण र निलम छोरीसँगै उपस्थित भएका थिए ।

कार्यक्रम अवधीभर उनीहरुको सामिप्यता र हाउभाउ सम्बन्ध बिच्छेद जस्तो थिएन । पति पत्नी जस्तै थियो । यसले कतै पनि उनीहरुको डिभोर्स भएको छ भन्ने भान हुदैनथ्यो । अदालतबाट सम्बन्ध बिच्छेद भएकै दिन रामकृष्णले आफुहरु अलग नभएको सामाजिक सञ्जालबाट जानकारी पनि गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...