आगामी निर्वाचनमा एक्लैले दुईतिहाई बहुमत ल्याउँछौं : अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी  निर्वाचनमा नेकपा एक्लैले दुईतिहाई बहुमत ल्याउने दावी गरेका छन् ।

आइतबार चितवनको ईच्छाकामना गाउँपालिकाका शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउँदा तीन वर्षमा सरकार र पार्टीले जनताका पक्षमा तीव्र गतिमा काम गर्ने बताउँदै नेकपाले अवको निर्वाचनमा एक्लैले बहुमत ल्याउने बताए ।

‘अबको तीन वर्षमा पार्टी र सरकारको कामबाट आउने निर्वाचनमा हामी एक्लैले दुईतिहाइ बहुमत ल्याउने कुराको सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौँ’, उनले भने । सरकार गठनको दुई वर्ष कानुन बनाउन र छिमेकीसँग सम्बन्ध सुधारमा बितेको बताए ।

उनले गत मंसिरमा सम्पन्न उपनिर्वाचनमा कल्पना नगरेका ठाउँमा पनि हारेको भन्दै उनले अब पार्टीभित्र उत्साहको वातावरण बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको बताए । उनले स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई जनतासँग एकाकार भइ काम गर्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...