आगामी निर्वाचनमा एक्लैले दुईतिहाई बहुमत ल्याउँछौं : अध्यक्ष प्रचण्ड



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी  निर्वाचनमा नेकपा एक्लैले दुईतिहाई बहुमत ल्याउने दावी गरेका छन् ।

आइतबार चितवनको ईच्छाकामना गाउँपालिकाका शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउँदा तीन वर्षमा सरकार र पार्टीले जनताका पक्षमा तीव्र गतिमा काम गर्ने बताउँदै नेकपाले अवको निर्वाचनमा एक्लैले बहुमत ल्याउने बताए ।

‘अबको तीन वर्षमा पार्टी र सरकारको कामबाट आउने निर्वाचनमा हामी एक्लैले दुईतिहाइ बहुमत ल्याउने कुराको सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छौँ’, उनले भने । सरकार गठनको दुई वर्ष कानुन बनाउन र छिमेकीसँग सम्बन्ध सुधारमा बितेको बताए ।

उनले गत मंसिरमा सम्पन्न उपनिर्वाचनमा कल्पना नगरेका ठाउँमा पनि हारेको भन्दै उनले अब पार्टीभित्र उत्साहको वातावरण बनाउन विशेष अभियान सञ्चालन गर्न लागिएको बताए । उनले स्थानीय जनप्रतिनिधि र कार्यकर्तालाई जनतासँग एकाकार भइ काम गर्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...