क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ



हाम्रो इकोनोमि

 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।

भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नियन्त्रणमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ।  सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।

गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...