प्रधानमन्त्री ओलीलाई नेता रावले दिए यस्तो जवाफ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र नयाँ कवि जन्मेको प्रतिक्रिया दिएको २४ घण्टा नबित्दै नेता रावलले २०५६ सालमा लेखेको कविता सार्वजनिक भएको छ । राष्ट्र र राष्ट्रीयताका पक्षमा अनवरतरूपमा आवाज उठाईरहेका नेता रावलले देशमा नाकावन्दी लगाउने मधेशवादी दल र तिनका नेताहरूलाई सरकारमा सामेल गरेको बिषयमा असन्तुष्टि जनाउँदै आएका छन् ।

 

राष्ट्रीय सभा निर्वाचनका सन्दर्भमा पछिल्लो पटक राजपा नेपालसँग भएको सम्झौतामा समेत असन्तुष्ट रहेका रावलले पार्टीको स्थायी कमिटी बैठकमा कविता मार्फत असन्तुष्टि जाहेर गरेका थिए । रावलले असन्तुष्टि ब्यक्त गरेको बिषयमा प्रधानमंत्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले हिजो प्रेस संगठन नेपालको एकीकरण भेलामा पार्टीमा नयाँ कवि जन्मेका प्रतिक्रिया दिएका थिए ।

 

एकिन्द्र कुँवरले रावलले २०५६ सालमा लेखेर छलफल साप्ताहिकमा प्रकाशित भएको कविता २०५७ सालमा रावलको लिम्पिया धुरा कविता संग्रहमा संग्रहित रहेको छ । भन्ने भनाईको यसरी खण्डन भएको छ ।

 

पत्रकार एकिन्द्र कुँवरले भीम रावलले लेखेको कविता फेसवुक मार्फत सामाजिक सञ्जालमा हालेका छन र उनले फेसबुकमा लेखेका छन सत्य सुन्न नसक्ने, सत्य स्वीकार गर्न नसक्ने परजीवीहरूलाई अध्ययनकोलागि राष्ट्रवादी नेता भीम रावलको २०५६ सालमा प्रकाशित कवितासंग्रह ‘लिम्पियाधुरा’ बाट लिम्पियाधुरा शीर्षकको कविता । भनेर फटो सहित हालेका छन ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...